जनकपुरधाम । पदमा रहि जिम्मेवारी पूरा नगरेको भन्दै धनुषाका एक पालिकाको शिक्षा शाखा प्रमुखलाई पदबाट हटाइ फिर्ता पठाइएको छ ।
धनुषा जिल्लाको शहिदनगर नगरपालिकाको शिक्षा शाखा प्रमुख विश्वनाथ यादवले पदमा हुँदा आफू खुसी गरी शिक्षा क्षेत्रलाई नकारात्मक असर पर्ने गरी काम गर्दै आएकोले उनलाई शिक्षा शाखा प्रमुख पदबाट हटाइएको हो ।
पालिकाको नगर शिक्षा समितिले पटक पटक चेतावनी दिँदा पनि यादवले आफू खुसी मनोमानी गर्दै आएपछि नगर शिक्षा समितिको बैठकले आइतबार एक पत्र जारी गर्दै यादवलाई शिक्षा शाखा प्रमुखको जिम्मेवारी पदबाट हटाइएको हो ।
नगर शिक्षा समितिका सँयोजक एवं वडा नम्बर ६ का अध्यक्ष उमेश निरालाद्धारा जारी गरिएको सो पत्रमा शिक्षक यादवलाई शिक्षा शाखा प्रमुखको जिम्मेवारीबाट हटाइनुका साथै वडा नं. १ स्थित यादवको दरबन्दी रहेको कुम्भकर्ण प्राथमिक विद्यालयमा नै फिर्ता पठाउने निर्णय गरिएको छ ।
शिक्षा समितिका सँयोजक निरालका अनुसार, यादवलाई शिक्षा शाखा प्रमुखको जिम्मेवारी दिँदा उनले मनोमानी र आफूखुसी गर्न लागेपछि उनलाई पदबाट हटाइएको हो । पटक–पटक यादवलाई आफूखुसी, मनोमानी नगर्न चेतावनी दिएपनि उनले अटेरी गरेपछि पदमुक्त गरिएको बताईएको छ ।
नगरपालिकाको शिक्षा शाखामा रहेका नगरको शिक्षालाई अस्तव्यस्त पारेको महसुसपछि उनलाई पदबाट हटाउने निर्णय गरेको पत्रमा उल्लेख छ । सो पत्र नगरपालिका, पालिका भित्रका सम्पूर्ण समुदायिक विद्यालय र ९ वटै वडाकार्यालयलाई बोधार्थ गर्दै शिक्षा संयोजक निरालाले उनलाई पदबाट हटाएको जारी पत्रमा उल्लेख छ ।
यादवलाई गत असोज ६ गते शिक्षा शाखा प्रमुखको जिम्मेवारी दिइएको थियो ।









तपाईको प्रतिक्रिया