जनकपुरधाम, फागुन १२ गते । जनकपुरधाम साप्ताहिक वृहत् सरसफाइ कार्यक्रम अन्तर्गत प्रमुख जिल्ला अधिकारीको अगुवाईमा आज जानकी मन्दिर परिसर सफाई गरिएको छ ।
स्वस्थ, स्वच्छ र सफा जनकपुरधाम वृहत् सरसफाई अभियान साप्ताहिक कार्यक्रम अन्तर्गत दोस्रो साता शुक्रबार जानकी मन्दिर परिसर सफाई गरिएको हो ।
साताको प्रत्येक शुक्रबार जनकपुरधामका विभिन्न स्थानको सफाई गरिने धनुषाका प्रमुख जिल्ला अधिकरी काशीराज दाहालले जानकारी दिनुभयो । यस सफाई अभियानमा यहाँका जनता एकजुट भए जनकपुरधाम सफा हुने विश्वास उहाँले राख्नुभयो ।

जनकपुरधामलाई स्वस्थ, स्वच्छ र सफा बनाउने अभियानमा धनुषाका प्रमुख जिल्ला अधिकारीसहितको टोली, जनकपुरधाम उपमहानगरपालिका, सशस्त्र प्रहरी बल धनुषा, जिल्ला प्रहरी कार्यालय धनुषा, नागरिक समाज धनुषा , अधिकृत संगमल धनुषागायतको उपस्थिति रहेको थियो ।









तपाईको प्रतिक्रिया