एमालेबाट राष्ट्रपतिको उम्मेदवार सुवास नेम्वाङ
काठमाडौं, फागुन १३ गते । नेकपा एमालेबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार हुने तय भएको छ ।
नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेका तर्फबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार बनाउने तय भएको जानकारी दिए ।
एमालेको उम्मेदवारले चुनाव जित्ने पनि उनको दाबी छ ।
