काठमाडौं, फागुन २० गते । हावाहुरीका कारण फेवातालमा डुंगा पल्टिँदा एकजना वृद्धा गम्भीर घाइते भएकी छन् ।

घाइते हुनेमा पोखरा १ बगर बस्ने ७० वर्षीय याममाया गिरी हुन् ।

शनिबार करिब साढे ४ बजेको समयमा तालमा डुंगा पल्टिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी श्रवण विकले

जानकारी दिए । उनका अनुसार डुंगामा सवार ६ जनाको उद्धार गरिएको छ ।

घाइतेको उद्धारपश्चात गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ