जनकपुरधाम, फागुन २० गते । प्रदेशको नाम कोशी राखेको विरोधमा शुक्रबार विराटनगरमा प्रदर्शन भएको छ ।
बुधबार प्रदेशसभाले कोशी नाम राखेपछि उक्त नाम खारेज गर्न माग गर्दै पहिचान पक्षधरले प्रदर्शन गरेका हुन् ।
लिम्बुवान किरात संघर्ष समितिमा आवद्ध दर्जन बढी संघसंस्थाले शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय घेराउ गरेका छन् ।
उनीहरुले पहिचानको आधारमा लिम्बुवान– किरात नामकरण गरिनुपर्ने माग गरेका हुन् ।
प्रदेशको नाम पहिचानका आधारमा नराखे देशभरि आन्दोलन चर्काउने उनीहरुले चेतावनी दिए ।
९३ सदस्यीय प्रदेशसभामा कोशीको पक्षमत ८२ जनाले मतदान गरेका थिए । ४ जनाको विपक्षमा मतदान गर्दा ६ जना सांसद अनुपस्थित थिए ।









तपाईको प्रतिक्रिया