जनकपुरधाम, फागुन २३ गते । मिथिलाञ्चलको बहुचर्चित धार्मिक एवम् ऐतिहासिक यात्रा ‘मिथिला माध्यमिकी’ परिक्रमा सम्पन्न भएको छ ।
अन्तिम दिन मंगलबार बिहानैदेखि जनकपुरधामको अन्तगृह परिक्रमापछि पन्ध्र दिने मिथिला माध्यमिकी परिक्रमा सम्पन्न भएको हो ।
फागु पूर्णिमाको दिन गरिने अन्तगृहलाई पञ्चकोशी परिक्रमा समेत भन्ने गरिन्छ । मध्य परिक्रममा सहभागी नहुने यस वर्ष पनि हजारौंको संख्यामा श्रद्धालुभक्तजन अन्तरगृह परिक्रमा सहभागी भएका छन् । अन्तगृह परिक्रममा सहभागी हुँदा पनि पुण्यको भागी बनिन्छ भन्ने जन विश्वास छ ।
अन्तगृह परिक्रमाको भोलिपल्ट जनकपुरधाम वरपर मिथिलाञ्चल क्षेत्रमा होली मनाउने परम्परा छ ।
फागुन ८ गते सुरु भएको मिथिला माध्यमिकी परिक्रमा सोमबार १५ औं दिन जनकपुरधाम आइपुगेको थियो ।
धनुषा, महोत्तरीका दर्जनौ धार्मिक ऐतिहासिक ठाँउहरु गरी १०७ र छिमेकी मुलुक भारतको २६ किलोमिटर गरी जम्मा १३३ किलोमिटर भू–भागको परिक्रमा यात्रा गरिन्छ ।
फागुन औंसीको दिन धनुषाको कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट मिथिला बिहारीको डोल निस्केर जनकपुरधाममा अन्य मठमन्दिरको डोला समावेश भएपछि परिक्रमा यात्रा प्रारम्भ हुने गर्दछ ।
परिक्रमा अन्तर्गत क्रमश जनकपुरधामको हनुमान नगर, भारतको कल्यानेश्वर, फुलहर स्थित गिरिजा स्थान, नेपालको महोत्तरीको मठिहानी, जलेश्वर, मडैई,धुव्रकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर, औरही पुनः भारतको करुणा, विसौल र यात्राको अन्तिम दिन अर्थात १५औं दिन जनकपुरधामको अन्तःगृह परिक्रमा गरी मध्यमा परिक्रमा सम्पन्न हुने गर्दछ ।
मिथिला बिहारी (रामजानकी) को डोलासँगै परीक्रमा गर्दा विभिन्न प्रकारका रोग,दुःख,कष्ट कलेशबाट मुक्त एवंम नोवाञ्छित फल प्राप्त हुने धार्मिक जनविश्वास समेत रही आएको छ ।









तपाईको प्रतिक्रिया