TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

महामूर्खको उपाधि जनकपुरधामका मेयर साहलाई


महामूर्खको उपाधि जनकपुरधामका मेयर साहलाई
ADVERTISEMENT

जनकपुरधाम, फागुन २४ गते । यसवर्षको महामूर्खको उपाधि जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहलाई प्रदान गरिएको छ ।
रंग अबिरको पर्व होलीको अवसरमा जनकपुरधामस्थित मिथिला नाट्यकला परिषद् (मिनाप)ले प्रत्येक वर्ष आयोजना गर्दै आएको महामूर्ख सम्मेलन अनतर्गत यस वर्षको महामूर्खको उपाधि नगरप्रमुख साहलाई प्रदान गरिएको हो ।


मिनापले प्रत्येक वर्ष होली पर्वको अवसरमा यस्तो कार्यक्रम आयोजना गर्दै आएको छ । मंगलबार जानकी मन्दिरको प्राङ्गणमा आयोजित महामूर्ख सम्मेलनमा महामूर्खसहित अन्य १३ जनालाई विभिन्न उपाधिहरु प्रदान गरिएको हो ।

यसवर्ष सञ्चारकर्मी ऋषि धमलालाई पटमुर्ख, सञ्चारकर्मी वीरेन्द्र रमणलाई सोटाचन्द, महोत्तरीको मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डललाई वैशाखनन्दन, तमलोपा नेतृ विभा ठाकुरलाई गन्धपसारैन, पूर्वखेलाडी अरुण लाल कर्णलाई खबसुरता, याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक संजय झालाई लोढाशंकर, व्यवसायी बलराम साहलाई बज्रसोटा, अधिवक्ता रेखा झालाई मनटुटिया, इन्जिनियर रत्नेश्वरलाल कर्णलाई डपोरशंख, कवियत्री किरण झालाई टुनमुसरी, मधेस प्रदेशको वन मन्त्रालयका कर्मचारी लालबाबु यादवलाई हराशंख र मोनाष्टिक माध्यमिक विद्यालयका निर्देशक डा. सोनुकुमार साहलाई बज्रकिट लगायतको हास्यास्पद उपाधी प्रदान गरिएको थियो ।

महामूर्खको उपाधी पाएपछि नगरप्रमुख साहको अनुहारमा अनौठो मुस्कान देखिएको थियो । उनलाई प्रशस्ती पत्र, लाटोकोसेरोको मुकुट, मालाले सुशोभित गरी सम्मान गरिएको छ ।

सो सम्मेलनमा सहभागी कविहरुले आ–आफ्नो कविताको माध्यमले विभिन्न विषयवस्तुमाथि कटाक्ष समेत गरेका थिए ।

मिथिलाको कला संस्कृतिलाई संरक्षण एवं सम्बर्द्धन गर्ने उद्देश्यले मिथिला नाट्यकला परिषद् (मिनाप)ले प्रत्येक वर्ष होली पर्वको अवसरमा जनकपुरधामममा हास्यव्यंग्य सांस्कृतिक कार्यक्रम महामूर्ख सम्मेलनको आयोजना गर्दै आइरहेको छ । जनकपुरधाममा मिनापले प्रत्येक वर्ष मनाउने होरी महोत्सव र महामूर्ख सम्मेलन यहाँको प्रमुख आकर्षणमध्येको एक हो ।

मिनापका पूर्वअध्यक्ष सुनिल मल्लिकले होली पर्वको पौराणिक गाथाका विषयवस्तु, ख्यालठट्टा, प्रेमयुक्त र रस मिसिएका मैथिली भाषामा गाइने जोगिरा (फागु गीत) मिथिलाञ्चलमा लोप भइरहेकोले त्यसको संरक्षण गर्न मिनापदे होरी महोत्सव र महामूर्ख सम्मेलनको आयोजना गर्दै आएको बताए ।

उनले भने, ‘मिथिलाञ्चलमा जोगिरा सुनिन लगभग छोडिएको र भोजपुरी गीतको बिगबिगी बढिरहेको समयमा मिनापले पुरानो संस्कृतिलाई बचाउन प्रत्येक वर्ष होरी महोत्सव र महामूर्ख सम्मलेनको आयोजना गर्दै आइरहेको छ ।’

मिनापले ०६१ सालबाट जनकपुरधाममा महामूर्ख सम्मेलनको आरम्भ गरेको थियो । ०६१ सालमा महामूर्खको उपाधि मैथिली कवि नरेश ठाकुर, ०६२ मा तत्कालीन नेकपा एमालेका नेता शीतल झा, ०६३ मा तत्कालीन जनकपुर नगरपालिकाका मेयर हरिबहादुर बिसी, ०६४ मा तत्कालीन सद्भावना पार्टीका नेता ओमकुमार झा, ०६५ मा वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल, ०६६ मा पूर्वमन्त्री रामचन्द्र झालाई प्रदान गरिएको थियो ।

त्यस्तै, ०६७ सालमा नेपालका चर्चित राजनीतिक विश्लेषक सिके लाल, ०६८ मा साहित्यकार रामभरोष कापडिी भ्रमर, ०६९ मा नेपाली कांग्रेसका नेता रामसरोज यादव, ०७० मा तमलोपाका बरिष्ठ नेता डा. विजयकुमार सिंह, ०७१ मा नेकपा एकीकृत समाजवादीका नेता शत्रुधन महतो, ०७२ मा समसानघाटको स्वरुप परिवर्तन गरी आधुनिक स्वर्गद्वार बनाएर चर्चा बटुलेका पवन सिंघानियालाई महामूर्खको उपाधि प्रदान गरिएको थियो ।
त्यस्तै ०७३ सालमा सप्तरीको मलेठमा तत्कालीन नेकपा एमालेले गरेको मेची महाकाली अभियानको क्रममा प्रहरीको गोली लागि ५ जनाको मृत्यु भएपछि अन्तिम समयमा होली महोत्सव कार्यक्रम मिनापले स्थगित गरेको थियो ।
०७४ मा महामूर्खको उपाधि पूर्वराष्ट्रियसभा सदस्य वृषेशचन्द्र लाल, ०७५ मा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहलाई प्रदान गरिएको थियो भने ०७६ सालमा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत, २०७७ सालमा महजोडी मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य एवम् २०७८ सालमा अर्थविद डा. भोगेन्द्र झालाई महामूर्खको उपाधि प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

Related Posts

जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी
Headline

जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी

February 7, 2026
आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता
Headline

आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता

February 6, 2026
दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै
Headline

दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै

February 6, 2026
मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक
Headline

मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक

January 30, 2026
भारतद्वारा नेपाललाई निर्वाचन सामग्री दोस्रो खेप हस्तान्तरण
Headline

भारतद्वारा नेपाललाई निर्वाचन सामग्री दोस्रो खेप हस्तान्तरण

January 30, 2026
वैदेशिक रोजगारीमा मधेश अगाडि, तर रेमिट्यान्समा अपेक्षित लाभ नदेखिएको चिन्ता
Headline

वैदेशिक रोजगारीमा मधेश अगाडि, तर रेमिट्यान्समा अपेक्षित लाभ नदेखिएको चिन्ता

December 18, 2025
Next Post
बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सुरक्षा दिन सर्कुलर जारी

बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सुरक्षा दिन सर्कुलर जारी

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य