TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

संयमित भएर देशलाई समृद्ध बनाउन सकिन्छः अध्यक्ष ओली


संयमित भएर देशलाई समृद्ध बनाउन सकिन्छः अध्यक्ष ओली
ADVERTISEMENT

काठमाडौं, चैत २ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निराश भएर र आत्तिएर देश नबन्ने भन्दै संयमित भएरै देशलाई समृद्ध बनाउन सकिने बताए । ‘कानुनका विद्यार्थीसँग केपी ओली’ विषयक बिहीबार आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।


“हाम्रा पुर्खाले लडेर, आफ्नो ज्यानको कुर्बानी गरेर नेपाल देश बनाएका थिए, अब देशलाई समृद्ध र सम्पन्न बनाउने जिम्मेवारी हाम्रो हो, त्यसैले कोही निराश भएर होइन, संयमित भएर देश बनाउनुपर्छ” उनले भने । देशमा पटक पटक महाभूकम्प आउँदा देशको भौतिक संरचना ध्वस्त हुँदा पनि नेपाल र नेपाली नआत्तिएको बरु संयमित र सङ्गठित भएर भौतिक संरचना निर्माण गरिएको उनले बताए ।

कानुनका विद्यार्थीले देशको अवस्था देखेर रुन मन लाग्नेखालको रहेको भन्दै अध्यक्ष ओलीलाई देश बनाउन योगदान दिन र भूमिका खेल्न आग्रह गरे । देश बनाउने विषय जोक नभएको तर गम्भीरता, दृढता र अथक प्रयासले सम्भव रहेको उनले चर्चा गरे । देश बनाउने सङ्कल्प बोकेर आफूहरू राजनीतिमा होमिएकाले आशावादी हुन उनले विद्यार्थीसँग आग्रह गरे ।

विकासको नाममा जनतालाई अलमल्याउने कुनै राजनीतिज्ञ र सरकारलाई छुट नरहेको भन्दै अध्यक्ष ओलीले इमानदारितापूर्वक नेतृत्वले काम गरेमा नेपाल समृद्ध बन्ने बताए । आफू सरकारमा रहँदा इमानदारितापूर्वक काम गरेको उनले दाबी समेत गरे । अझै देशको पक्षमा काम गर्ने चाहना रहेको उनले चर्चा गरे ।
अनेरास्ववियु नेपाल ल क्याम्पसको आयोजनामा भएको कार्यक्रममा कानुनका विद्यार्थीले अध्यक्ष ओलीलाई देशको वर्तमान अवस्था, राजनीतिक समस्या, कानुनी व्यवस्था र समाधानको उपायबारेमा केन्द्रित भएर जिज्ञासा राखेका थिए ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
महिला कर्मचारीमाथि अश्लील व्यवहार गर्ने डिन निलम्बित

महिला कर्मचारीमाथि अश्लील व्यवहार गर्ने डिन निलम्बित

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य