जनकपुरधाम, चैत २ गते । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रोत्साहनस्वरुप खेलाडीद्वय गुलशन झा र आरिफ शेखकालाई जनही दुई लाख नगद प्रदान गर्ने घोषणा गरेका छन् ।
आइसीसी क्रिकेट विश्वकप–२ एक दिवसीय प्रतियोगितामा नेपालले आज शानदार जित हासिल गरेकोमा मधेश प्रदेशका मुख्यमन्त्री यादवले नेपाली टोलीलाई हार्दिक बधाई ज्ञापन गर्दै खेलाडी झा र शेखलाई मधेश प्रदेश सरकारको तर्पmबाट दुई÷दुई लाख नगद प्रदान गर्ने घोषणा गरेका हुन् । विश्वकप छनौट प्रतियोगितामा आज युएईमाथि गौरवपूर्ण जित हाँसिल गरेकोमा उनले नेपाली टीम, प्रशिक्षक तथा खेलाडीहरुलाई बधाई दिएका छन् ।
मुख्यमन्त्रीले खेलाडी राष्ट्रका गहना हुन, भन्नुहुँदै उहाँले मधेश प्रदेशका खेलाडी गुलशन झा र आरिफ शेखको खेलको विशेष प्रशंसा गरे ।
तपाईहरुले देश र प्रदेशको सम्मान बढाउनु भएकोमा हामीलाई धेरै खुशी लागेको छ, उनले भने । यसै अवसरमा कुशल भुर्तेल तथा भीम कार्कीको खेलको पनि उनले प्रशंसा गरे ।
मधेश प्रदेश सरकारले यस प्रदेशका खेलाडी गुलशन झाको तेजस्वी तथा सौर्यपूर्ण खेल लामो समयसम्म खेलप्रेमीहरुको सम्झनामा रहिरहने बताउँदै मुख्यमन्त्री यादवले मधेश प्रदेशका अर्का खेलाडी आरिफ शेष समेतले आफ्नो खेलद्वारा मधेशको मान बढाएकोमा प्रसन्नता व्यक्त गरे ।









तपाईको प्रतिक्रिया