TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

राष्ट्रपति आउँदा र फर्किंदा बाटो खाली भएन


राष्ट्रपति आउँदा र फर्किंदा बाटो खाली भएन
ADVERTISEMENT

काठमाडौं, चैत ५ गते । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार वसन्तपुरस्थित देवी कुमारीको दर्शन गरी प्रसाद ग्रहण गर्न आउँदा र फर्किंदा बाटो खाली भएन । आमनागरिक र सामान्य सवारीसँगै राष्ट्रपति वसन्तपुर आउजाउ गरेपछि धेरैले राष्ट्रपतिका विगतका सवारी र सडक अवरुद्ध सम्झिए ।


दशमी तिथिमा कुमारीघरमा विशेष पूजाआजा हुने गर्छ । पूजाको भोलिपल्ट एकादशीको दिन कुमारीको प्रसाद राष्ट्राध्यक्षबाट ग्रहण गर्ने परम्परा छ ।राष्ट्रपति पौडेल शीतलनिवासबाट अपराह्न ४ बजे राष्ट्रपति भवन, पानीपोखरी, लाजिम्पाट, कान्तिपथ, रत्नपार्क, भृकुटीमण्डप, भद्रकाली, नेपाल वासुसेवा निगम, नयाँसडक हुँदै कुमारी मन्दिर वसन्तपुर पुग्नुभएको थियो । तर राष्ट्रपतिको सवारीमा न बाटो खाली गरियो न त सडकमा आउजाउ गर्नेलाई राष्ट्रपतिको सवारी छ भन्नेसम्म जानकारी रह्यो ।

ीबहmष् दबलप
राष्ट्रपति सवार गाडीको अघि र पछि गरी दुईवटा मात्र सुरक्षा निकायका गाडी थिए । राष्ट्रपतिको सवारीभन्दा झन्डै २० मिनेटपहिले नै सडक खाली गरी सर्वसाधारणको आउजाउ ठप्प पार्ने गरिएकोमा राष्ट्रपति पौडेलको सवारीलाई भने धेरैले अनौठो माने । राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराउँदा नै रामचन्द्र पौडेलले सवारीका बेला आफूले बाटो खाली नगराई आफ्नो सवारीले सर्वसाधारणलाई असर पर्न नदिने प्रतिबद्धता व्यक्त गरेका थिए । तर निर्वाचित भएपछि पशुपतिको दर्शन गर्न जाँदा भने सडक खाली गराइएको थियो ।

यस कार्यको आलोचना निकै भएको थियो । तर शनिबार भने त्यस्तो नभएकोमा सुरक्षा निकायको बेग्लै तर्क छ । कुमारीघर जाँदा उनको सवारी निजी भएको र सोहीअनुसार सवारीका बेला बाटो खाली नगरिएको सुरक्षा निकायको तर्क रहेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख मीरा चौधरीका अनुसार अति विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा प्रोटोकल’अनुसार नै सडक खाली गराइएको हुन्छ ।

सवारीपूर्व सुरक्षा समितिको बैठक बस्ने र त्यसको निर्णयअनुसार अति विशिष्ट व्यक्तिको सवारीको सुरक्षा तथा सडक व्यवस्थापन (सडक खाली गराउने)बारे निर्णय हुन्छ । राष्ट्रपति कुमारीको दर्शन गर्न आउँदा र फर्किंदा सामान्य सुरक्षा व्यवस्थापन गर्ने गरी सडक खाली नगरिएको चौधरीले बताए । राष्ट्रपति पौडेलले आफ्ना हरेक सवारी सामान्य गर्न आग्रह गरेअनुसार शनिबारको सवारी सामान्य गरिएको राष्ट्रपति पौडेलका स्वकीय सचिव खिला कार्कीले बताए । समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ

तपाईको प्रतिक्रिया

Related Posts

निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा
प्रदेश २

परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा

March 1, 2026
Next Post
चालु अधिवेशनमा संघीय निजामती कर्मचारी ऐन पेस हुन्छः मन्त्री मोदी

चालु अधिवेशनमा संघीय निजामती कर्मचारी ऐन पेस हुन्छः मन्त्री मोदी

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य