काठमाडौं, चैत ६ गते । थापाथली क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको सभापतिमा नेविसंघका पुष्करविक्रम शाही निर्वाचित भएका छन् ।
आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा थापाथली इन्जिनियरिङ क्याम्पसको सभापतिमा नेविसंघका शाही ६१९ मत पाएर विजयी भएका हुन् ।
उनका प्रतिद्वन्द्वी अनेरास्ववियुका प्रविन थापाले ३७६ मत पाए भने अखिल क्रान्तिकारीका स्पन्दन थापा क्षेत्रीले ३३८ मत पाएका छन् ।
उनले अनेरास्ववियुका उम्मेदवारलाई पराजित गरेका छन् ।
तपाईको प्रतिक्रिया