TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

दलित भएकै कारण पाइलै पिच्छे भेदभाव विरुद्धको लडाई गर्न जन्मेको हु ।


दलित भएकै कारण पाइलै पिच्छे भेदभाव विरुद्धको लडाई गर्न जन्मेको हु ।
ADVERTISEMENT

तिर्थ नेपाली ,
डोटी, चैत ८ गते । 


जातीय भेदभाव हाम्रा लागि एकदमै भयानक छ, चुनौतीपूणर् छ र समाजलाई आजसम्म यो पुर्न नसकेको सामाजिक खाडलको रुपमा टिको लागेर बसेका छ।कस्तो बिडम्बना हामी उस्तै मानिस, रातै रगत र फरक फरक पेसा अवलम्बन गरेका एकै किसिम का प्रजाति किन यसरी तँ ठूलो म सानो भन्दै लड्दै छौं होला ?
कल्पना गर्दा पनि कस्तो अनौठो लाग्छ आज मलाई हिजोका ती मेरा पुर्खाहरुले कथित तल्लो जात भन्ने आम दाजुभाइ, दिदीबहिनी र बुवाआमालाई हामी तल्लो जात भन्दै घरभित्र पस्न नदिने,उहाँहरूले छोएको पानी खान नहुने र उहाँहरू टाढै बस्नुपर्ने? त्यो पशु जस्तो व्यवहार सदियौंदेखि हाम्रा ती कथित तल्लो जातका पुर्खाहरु कति सामाजिक भेदभावको दलदलमा बाँचे होलान् र आफ्नो जीवनलाई कसरी सामाजिक परिवेश बनाउन सके होलान् ? प्रश्नै प्रश्नले चारैतिरबाट घेरिरहेको महशुस गर्दैछु।

हो, यही प्रश्नको जवाफ खोज्न मलाई एक पटक यो जातीयताको भूमरीमा पस्न मन लाग्यो। यसलाई खोतल्न प्रयास गर्दै गर्दा मैले भोगेका तितो यर्थात समाजमा चल्दै आइरहेको कुप्रथाको विषयमा अक्षंरस लेख्न मन लाग्यो। ग्रामीण भेगमा बस्दै आइरहेका जातीय विभेद र दमन सहेर बसेका तल्लो जातका आम मानिसहरूको वेदनाको कहिले नफुक्ने गाँढेले कसिएको पोको फुकाउन मन जाग्यो।
पुरातात्विक साँस्कृतिक कुरा गर्ने हो भने हामीले आफु भोकभोकै बसेर भएपनि सांस्स्कृतिक माहोल बचाउनमा लाग्यौ जब समाज चारैतिर चाडवाडले लपक्कै पोतिएको हुन्छ तब हामीले समाजलाई मनोरञ्जन प्रदान गर्दै साँस्कृतिक परम्परालाई निरन्तरता दिँदै रितिरिवाज र चाडपर्वलाई अझै पनि जीवन्त रूप दिएका छौ ।दुर्भाग्यको कुरा हामीले यस्तै त्याग तपस्या गर्दा गदै यो व्यवहार पायौ ।

चुनाव प्रजातन्त्रको आधारभूत जग हो। निर्वाचनमा जनताका प्रतिनिधिहरू छानिन्छन्। भनेर हामिले बुझेको पदप्राप्तिका टिकट पाउँन लागि अहिले सम्म मैले समाजका लागि अमुल्य योगदान गरे झै गरेर सुकिला मुकिला भएर सर्वहारा , निमुखा, दलितकोे घर आगनमा गई नानाथरी कुरा गरी आँखामा माटो हाल्ने काम गर्ने । अनि आफु कुर्सीमा पुगिसकेपछी आफ्ना, आसेपासे र रक्सीको चुस्की र पैसाको भरमा धाक देखाउने कार्यक्रता हरुलाई मल जल गर्नुहोस आफ्नो पेट नअघाउन्जेल भर्नुहोस् ।फरक पदैन सर्वहारा वर्गहरु सधै तपाईको आडमा बाचेका होइनन् ।तर तपाईका समावेशी समाजका निर्माणका नाराका निमित्त दलित समुदायहरुले के गर्नु पर्छ त्यो जवाफ दिन आवश्यक छ ।समाजमा अझै पनि दलित भएकै कारण पाइलै पिच्छे भेदभाव दमन शोषण, अपहेलित तिरस्कार भएर कति दिन सम्म बाँच्ने होर त्यति मात्रै कहाँ हो र म माथि तपाईहरुको बोलचालको नाता ल्वार दाई, दमाई दाई ,ढोली दाई कामी दाई,सार्की दाई,पार्की दाई, टमटा दाई, कोली, दाई भुल दाई, सुनार दाई मेरा पुर्वजहरुलाई गरिने जातीय नाता मलाई अपाच्य छ।
तुलनात्मक रूपमा जब साँस्कृतिक संरक्षण र जगेर्नाको कुरा आउँछ दलित समुदायको भूमिका उपल्लो जातकोभन्दा धेरै होला तर कम भने पटक्कै छैन। यति योगदान हुँदाहुँदै पनि यी समुदायको कदर नभएको देख्दा उपल्लो जात भनाउँदा मानिसहरूले सम्पूणर् श्रेय लिएको देख्दा ‘काम गर्ने कालु मकै खाने भालु’ भन्ने उखान टपक्कै टिपेर टाँस्न मन लाग्यो।

यो दमन शोषणको शिकार बन्न मैले जन्म लिएको होईन ।म यो तिरस्कारको अन्तय गर्ने जन्मिएको हुँ । मैले भोली म जस्तै सपना लिएर आउने नव आगन्तुक सन्ततीहरुलाई दलित भएकै कारण हिनताबोध जीवन जिउँन बाध्य गराउनु छैन् ।दलित भएकै कारण विकासमा पछौटेपन खेप्नु पर्ने, दलित भएकै कारण बचन बचन पिच्छे हेपिनुपर्ने ,मैले सिलाएको लुगा कपडा चल्ने , मैले पानी खादाँ अमानवीय व्यवहार सहर्नु पर्ने मलाई असहैय छ ।
दलित माथी पशुलाई गर्ने व्यवहारले तिमिहरुलाई सर्पाने नै छ ।यसो भनिरहदा दलित समुदायले कुनै देवी देउता भाकल गर्ने पटकै होईन । अब मलाई संविधानमा र कानुमा लेखेका मेरा हकअधिकार सुनिश्चित गर्नु छ , मलाई राम्रो संग अवगत २०६२÷६३ सालको जनआन्दोलनमा सबै भन्दा बढी दलित समुदायले आफ्नो ज्यानको आहुति दिएको । हो, नेपाल छुवाछुत मुक्त राष्ट्र घोषण गरिएको देश हो । यससम्बन्धी अन्तर्राष्ट्रिय अभिसन्धिको पक्ष राष्ट्र पनि । यसरी केलाउदा घोषणा गर्न र सहमति जनाउन नेपाल पछाडि पर्दैन भन्ने देखाउँछ । तर राज्यले कार्यान्वयनमा यो विषयलाई महत्वका साथ नराखेका कारण छुवाछुत भेदभाव हटेको छैन । छुवाछुत भेदभाव हटाउन न गतिलो योजना छ, न त कार्यक्रम नै छ सरकारसँग ।

तपाईको प्रतिक्रिया

Related Posts

संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए
Headline

संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए

February 28, 2026
जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी
Headline

जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी

February 7, 2026
आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता
Headline

आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता

February 6, 2026
दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै
Headline

दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै

February 6, 2026
मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक
Headline

मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक

January 30, 2026
भारतद्वारा नेपाललाई निर्वाचन सामग्री दोस्रो खेप हस्तान्तरण
Headline

भारतद्वारा नेपाललाई निर्वाचन सामग्री दोस्रो खेप हस्तान्तरण

January 30, 2026
Next Post
मलेसियाद्वारा नेपालसहित १५ देशका कामदार लैजाने कोटा प्रमाणित

मलेसियाद्वारा नेपालसहित १५ देशका कामदार लैजाने कोटा प्रमाणित

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य