TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

प्रयोगमै नरहेका विषादीको परीक्षण


प्रयोगमै नरहेका विषादीको परीक्षण
ADVERTISEMENT

काठमाडौं, चैत ८ गते । नेपाल र भारतमा उत्पादित तरकारीमा प्रयोगमा नै नरहेका विषादीको परीक्षण गरेर आमउपभोक्तालाई झुक्याउने काम गरिँदै आएको छ। कृषि तथा पशुपन्छी मन्त्रालयअन्तर्गतको खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभाग र केन्द्रीय कृषि प्रयोगशालामार्फत देशका २२ स्थानमा द्रुत विषादी अवशेष विश्लेषण (आरबीटीआर) प्रविधिमार्फत प्रयोगमा नै नरहेका विषादी परीक्षण गर्ने गरिएको छ। खाद्य विभागले विभिन्न १५ स्थानमा र केन्द्रीय प्रयोगशालाले कालीमाटीसहित विभिन्न सात स्थानमा आरबीटीआर प्रविधिमार्फत तरकारीको परीक्षण गर्दै आएको छ।


नेपाल र भारतमा प्रतिबन्ध लगाइएकाले प्रयोगमा नरहेका अर्गायानो–फोस्फेट र कार्बामेट्स समूहका विषादी परीक्षण गरेर राज्यको साधनस्रोतको दुरुपयोग हुँदै आएको छ। बाली संरक्षणविज्ञ डा. डिल्लीराम शर्माले भने, “नेपाल र भारतमा प्रयोग नहुने समूहका विषादी परीक्षण गरिँदै आएको छ। परीक्षणपछि विषादीरहित तरकारी भएको प्रतिवेदन तयार गरी आमउपभोक्तालाई धोका दिने काम गरिएको छ। यो तमासा रोकिनुपर्छ।”

झन्डै १० वर्ष पहिले नै प्रतिबन्ध लगाएका विषादी परीक्षण गरेर राज्यको साधनस्रोत दुरुपयोग गरिरहेको उनको तर्क छ। उनका अनुसार नेपाल र भारतमा पछिल्लो पटक तरकारी उत्पादनमा बढी प्रयोग हुने सिन्थेटिक पाइथोराइड र ट्राइथाइट कार्बामेट दुई समूहका विषादीको अधिक प्रयोग हुने गरेको छ।

कालीमाटी फलफूल तथा तरकारी बजारसहित देशका विभिन्न ठाउँमा गरी सात स्थानमा आरबीटीआरको प्रविधिमार्फत प्रयोगशाला सञ्चालनको नेतृत्व गर्नुभएका बाली संरक्षणविज्ञ डा। शर्माले भने, “कालीमाटीमा २०७१ साल असारमा प्रयोगशाला सञ्चालन गर्दा अर्गायानो–फोस्फेट र कार्बामेट्स विषादीको प्रयोग ७० प्रतिशतको हाराहारीमा थियो तर अहिले १० प्रतिशतभन्दा पनि कममा झरेको छ।” अचेल सिन्थेटिक पाइथोराइड र ट्राइथाइट कार्बामेट समूहका विषादीको प्रयोग बढी हुने गरेको छ। केन्द्रीय कृषि प्रयोगशालाका प्रमुख नरहरि घिमिरेले प्रयोगशालाको परीक्षणको स्तर वृद्धि गरी विषादी समूहको परीक्षण प्रविधि समयानुकूल बनाउन सरकारसँग बजेट माग गरेको तर अर्थ मन्त्रालयबाट बजेट निकासा नहुँदा कार्यक्रम प्रभावित भएको बताए।

उनले चालु आर्थिक वर्षदेखि सिन्थेटिक पाइथोराइड र ट्राइथाइट कार्बामेट दुई समूहका विषादी थप गरेर परीक्षण गर्नुपर्छ भन्ने पक्षमा आफूहरू रहेको बताए। केन्द्रीय प्रयोगशालाले आवश्यक पर्ने प्राविधिक जनशक्तिको क्षमता वृद्धि गर्न र प्रयोगशालाको स्तर वृद्धिलगायतको विवरण खुलाएर बजेट निकासाका लागि कृषि तथा पशुपन्छी मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको निकै महिना भइसकेको छ। साभार गोरखापत्र दैनिक

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य