जनकपुरधाम, चैत ८ गते । एकीकृत अखिल नेपाल शिक्षक संगठनद्वारा जनकपुरधाममा शिक्षक बलिदानी दिवस मनाइएको छ ।
बुधबार जनकपुरधाम उपमहानगरपालिका स्थित जनता माध्यमिक विद्यालय बेल्ही रजौलमा शिक्षकहरुले बलिदानी दिवस मनाएका हुन् ।
कार्यक्रममा उपस्थित संगठनका केन्द्रिय उपमहासचिवको प्रमुख दिनेशकुमार रायले शिक्षकहरुको हकहितका लागि सधै तत्पर रहने बताए । उनले शिक्षक बलिदानी दिवसको अवसरमा शिक्षकहरु माझ बोल्न पाएकोमा खुसि व्यक्त गर्दै उनले शिक्षक देशलाई उज्यालो बनाउने माध्यम हो त्यसैले शिक्षालाई कस्तो बनाउने त्यो एक शिक्षकमा हुन्छ । शिक्षक सधैं निस्वार्थ हुनुपर्ने बताए
संगठन धनुषा जिल्लाका अध्यक्ष धरमेन्द्र यादवको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रदेशका महासचिव गुलाव्र यादव, वरिष्ठ उपाध्यक्ष देवनन्दन ठाकुर, महिला उपाध्यक्ष संगीता साह, धनुषाका सचिव मनोजकुमार यादवलगायतको उपस्थिति थियो ।









तपाईको प्रतिक्रिया