TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

राजस्व छली रोक्न प्रधानमन्त्रीको निर्देशन


स्तन क्यान्सर र पाठेघरको क्यान्सरको निःशुल्क उपचारको व्यवस्था मिलाइनेछ:  प्रधानमन्त्री
ADVERTISEMENT

काठमाडौं। चैत ९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आन्तरिक राजश्व कार्यालय,राजश्व अनुसन्धान विभाग र वाणिज्य विभागलाई संयुक्त रूपमा बजार अनुगमन प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।


बिहीबार दिउँसो सिंहदरबारमा जुत्ता चप्पल व्यवसायीको छलफलमा बोल्दै प्रधानमन्त्रीले उक्त निर्देशन दिनुभएको हो। छलफलको क्रममा प्रधानमन्त्रील भने, “राजश्व छली नियन्त्रण सम्बन्धी जति पनि नीतिगत व्यवस्था छन् । ती सबैलाई प्रभावकारी रूपमा कार्यान्वयनमा लैजानुपर्दछ। बजारको सशक्त र प्रभावकारी अनुगमन गर्न आन्तरिक राजश्व कार्यालय, राजश्व अनुसन्धान विभाग र वाणिज्य विभागले संयुक्त रूपमा अनुगमन गर्नुहोस्।”

अनुगमनका लागि संयुक्त टोली परिचालन गर्न उहाँको निर्देशन रहेको छ । कच्चा पदार्थ र तयारी पदार्थ वा वस्तुको भन्सार दरमा केही प्रतिशत फरक पर्नेगरी नीतिगत पुनरावलोकन गर्न उहाँले निर्देशन दिनुभएको छ ।

“अवैध आयात नियन्त्रण गर्न राजश्व अनुसन्धान विभाग, सुरक्षा निकाय र स्थानीय प्रशासनले संयुक्त टोली परिचालन गर्नुस्” प्रधानमन्त्रीले भन्नुभयो, “कच्चा पदार्थ र तयारी पदार्थ वा वस्तुको भन्सार दरमा कम्तीमा १० प्रतिशत फरक पर्ने गरी नीतिगत पुनरावलोकन गर्ने तयारी गर्नुस्। सबै सरकारी निकायले स्वदेशी उत्पादनलाई प्रयोग गर्नुपर्ने प्राथमिक नीति निर्धारण गर्नुस्।”

प्रधानमन्त्री प्रचण्डले आन्तरिक बजारको अनुगमन गर्ने गरी व्यवस्था मिलाउनुपर्ने समेत बताउनुभएको छ । प्रधानमन्त्रीले भन्नुभयो, “आयातका लागि राष्ट्रिय स्टान्डर्ड तयारी गरी वस्तुको गुणस्तरमा प्रभावकारिता ल्याउने वातावरण बनाउनुस्। छलफल गर्ने, नीति बनाउने तर कार्यान्वयन नगर्ने परिस्थिति अब रहनु हुँदैन। अनुगमन बोर्डरमा मात्र होइन, आन्तरिक बजारको गर्ने व्यवस्था मिलाउनुस्।”
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार छलफलमा अर्थसचिव तोयम राय, राजश्व सचिव रामप्रसाद घिमिरे, प्रधानमन्त्री कार्यालयका सचिव गणेशप्रसाद पाण्डे, आन्तरिक राजश्व विभागका महानिर्देशक दीर्घराज मैनाली, राजश्व अनुसन्धान विभागका महानिर्देशक नारायण सापकोटा, भन्सार विभागका महानिर्देशक चक्र बुढा, प्रधानमन्त्रीको सचिवालयका पदाधिकारी र व्यवसायी उपस्थित हुनुहुन्थ्यो।
छलफलमा जुत्ता चप्पल व्यवसायीका प्रतिनिधिले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्नेगरी सरकारले नीति, कार्यक्रम र कार्यान्वयनको पक्षमा ध्यान दिनुपर्ने बताउनुभयो।

तपाईको प्रतिक्रिया

Related Posts

निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा
प्रदेश २

परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा

March 1, 2026
Next Post
पुरानो संसद भवनलाई रेट्रोफिट गर्न संसदीय समितिको निर्देशन

पुरानो संसद भवनलाई रेट्रोफिट गर्न संसदीय समितिको निर्देशन

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य