TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

छातीभन्दा मुनिको कुनै पनि कपडामा राष्ट्रिय झन्डा प्रयोग गर्न नपाइने


छातीभन्दा मुनिको कुनै पनि कपडामा राष्ट्रिय झन्डा प्रयोग गर्न नपाइने
ADVERTISEMENT

काठमाडौं, चैत १२ गते । हामीले लगाउने टि–सर्ट वा अन्य लुगामा छातीको भागभन्दा तल राष्ट्रिय झन्डा छापिएको लुगा लगाउन नपाइने भएको छ ।


संघीय संसद् अन्तर्गत राष्ट्रिय सभामा दर्ता भएको राष्ट्रिय मर्यादासम्बन्धी विधेयक २०७९ मा राष्ट्रिय झन्डा प्रयोग सम्बन्धी उल्लेख गरिएको छ । विधेयकको १३औँ दफामा ‘राष्ट्रिय झन्डा प्रयोगमा निषेध’ सम्बन्धी व्यवस्था छ ।

१३ को उपदफा च मा लेखिएको छ–‘शरीरको छातीभन्दा तलको भागमा लगाइने कुनै पनि भित्री÷बाहिरी कपडामा राष्ट्रिय झन्डाको प्रतीक÷चित्र राख्न पाइनेछैन ।’

दफा १३ अनुसार राष्ट्रिय झन्डा ७ अवस्थामा प्रयोग गर्न नपाइने भएको हो ।

दफा १३ को उपदफा (ग) अनुसार राष्ट्रिय झन्डा च्यात्न, जलाउन वा कुनै पनि सामान पोको पार्न पाइने छैन ।

यस्तै उपदफा घ अनुसार व्यापारिक प्रयोजनका लागि विज्ञापनको उद्देश्यले राष्ट्रिय झन्डाको दुरूपयोग गर्न नपाइने भएको हो । यसको अर्थ अब कुनै पनि विज्ञापनमा राष्ट्रिय झन्डा प्रयोग गर्न नपाउने भन्ने हो । यस्तै चन्द्रमा तल र सूर्य माथि पारेर राष्ट्रिय झन्डा छापिए त्यो प्रयोग योग्य हुने छैन ।

यो विधेयक आइतबारको राष्ट्रिय सभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ ।

बैठकमा नेकपा (एकीकृत समाजवादी) का राष्ट्रियसभा सदस्य डा. बेदुराम भुसालले पेस गरेका थिए । विधेयकमाथि सांसदहरूले धारणा राखेका थिए ।

छलफल सकिएपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधेयकको विपक्षमा कोही सांसद नरहेकाले विधेयक संसद्बाट सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरे ।

विधेयकमा राष्ट्रिय झन्डा फहराउने सम्पूर्ण निकाय तथा नागरिकहरुले समेत सरकारले शोक घोषणा गरेको दिन राष्ट्रिय झन्डा अनिवार्य झुकाउनुपर्ने व्यवस्था गरिएको छ ।

झन्डाको दुरुपयोग गरे १० हजारसम्मको जरिवाना, तर थुनामा नराखिने

विधेयकको परिच्छेद ७ मा कसुर र सजायको व्यवस्था गरिएको छ । दफा २० मा राष्ट्रिय झन्डा, राष्ट्रिय गान र मर्यादाक्रमको अपमान हुने गरी निजी उद्देश्य प्राप्तिका लागि प्रयोग गरिए कसुर हुने उल्लेख गरिएको छ ।

यस्तै दफा २१ मा सजाय सम्बन्धी व्यवस्था छ । दफा २० अनुसार कसुर गरे प्रमुख जिल्ला अधिकारीले पहिलो पटक सम्झाई बुझाई गर्ने र त्यति गर्दा पनि कसुर गर्न नछाडे २१ को उपदफा २ अनुसार कसुरको गम्भीरता हेरी दश हजार रुपैयाँसम्म जरिवाना गरिने उल्लेख छ । उपदफा ३ मा भने यस्ता कसुर गरेको आधारमा कसैलाई थुनामा नराखिने स्पष्ट लेखिएको छ ।

यसरी गर्नुपर्नेछ राष्ट्रिय गानको सम्मान

विधेयकको परिच्छेद ५ मा राष्ट्रिय गानसम्बन्धी व्यवस्था गरिएको छ । जसमा राष्ट्रिय उत्सव, औपचारिक कार्यक्रम, सैन्य सम्मानलगायत कार्यक्रममा राष्ट्रिय गान बजाउनुपर्ने हुन्छ ।

यसरी राष्ट्रिय गान गाउँदा वा राष्ट्रिय धुन बजाउँदा अति विशिष्ट, विशिष्ट वा सार्वजनिक ओहदाका पदाधिकारी तथा सर्वसाधारण सबैले हात तल झारी, खुट्टाका कुर्कुच्चा जोडी अगाडिका औँलातिरका दुई खुट्टाले ‘भी’ आकार बनाएर सतर्क अवस्थामा उभिएर शीर ठाडो गरी छाती फराकिलो पारी उच्च र उल्लासपूर्ण आवाजमा राष्ट्रिय गान गाउनुपर्ने व्यवस्था गर्न प्रस्ताव गरिएको छ ।

राष्ट्रपतिको निधन भए तीन दिन बिदा र २१ तोपको सलामी, राज्यमन्त्रीको निधन भए १ दिन बिदा

विधेयकको दफा १८ अनुसार अन्तिम सम्मान सरकार प्रमुख वा संवैधानिक एवं सार्वजनिक ओहदामा रहेका पदाधिकारीहरूको निधनमा प्रकट गरिने व्यवस्था गरिएको छ । अन्तिम सलामी भने नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी बलले अर्पण गर्नेछ ।

१८ को २ मा पदमा बहाल रहेका राष्ट्रपतिको निधन भएमा २१ तोपको सलामीसहित ३ दिन बिदा दिने र देशभर राष्ट्रिय झण्डा आधा झुकाउने, राष्ट्रपति बाहेकका अति विशिष्ट पदमा बहाल रहेका व्यक्तिको निधन भए १९ तोपको सलामी र २ दिन सार्वजनिक विदा दिने व्यवस्था गरिएको छ ।

पदमा बहाल रहेका उपप्रधानमन्त्री, उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्ष, मन्त्री, राज्यमन्त्री, सर्वोच्च अदालतको न्यायाधीश, संवैधानीक निकायको प्रमुख, सहयाक मन्त्रीको निधन भए अन्तिम सलामीसहित १ दिन सार्वजनिक बिदा दिने र झण्डा झुकाइने भएको छ ।

विधेयकको व्यवस्थाअनुसार बहालवाला सांसदको निधन भए तत्पश्चात्को संसद् बैठक शोक प्रस्ताव पारित गरेर बैठक स्थगन गरिने भएको छ ।

यस्तो छ मर्यादाक्रम

विधेयकको दफा ३ मा मार्यादाक्रम तोकिएको छ । दफा ३ अनुसार उपदफा १ बमोजिम तयार भएको अनुसूची १ मा मर्यादाक्रम तोकिएको छ ।

मर्यादाक्रममा पहिलो स्थानमा राष्ट्रपति, दोस्रोमा उपराष्ट्रपति तथा तेस्रोमा प्रधानमन्त्री रहेका छन् ।

यस्तै चौथोमा सभामुख तथा राष्ट्रिय सभा अध्यक्ष, पाँचौँमा प्रधानन्यायाधीश रहेका छन् भने छैटौँमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख र राष्ट्रिय सभाका पूर्वअध्यक्ष र पूर्वप्रधानन्यायाधीश रहेका छन् ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
जनयुद्ध दिवस’ खारेजीको माग गर्दै सर्वोच्चमा रिट

जनयुद्ध दिवस’ खारेजीको माग गर्दै सर्वोच्चमा रिट

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य