TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

जनमत पार्टी तत्काल मधेस सरकारबाट नबाहिरिने


जनमत पार्टी तत्काल मधेस सरकारबाट नबाहिरिने
ADVERTISEMENT

जनकपुरधाम, चैत १९ गते । डाक्टर सीके राउत नेतृत्वको जनमत पार्टीले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ ।


गत माघ ११ गते केन्द्र सरकारमा खानेपानी तथा सरसफाइ मन्त्रालयको जिम्मेवारी पाएका सो पार्टीका नेता अब्दुल खानले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएसँगै जनमत पार्टी सरकारबाट बाहिरिएको हो ।

केन्द्र सरकारबाट फिर्ता भएपनि प्रदेशको हकमा त्यस्तो कुनै निर्णय नभएको जनमतका एक नेताले जानकारी दिए ।

जनमत पार्टीको मधेस प्रदेशका संसदीय दलका नेतासमेत रहेका शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेशप्रसाद यादवले प्रदेश सरकारबाट जनमत पार्टी अहिले नबाहिरिने जानकारी दिए । उनले भने, ‘प्रदेशमा भने अहिले हाम्रो पार्टीको समर्थन कायमै रहने छ । केन्द्रको निर्देशनानुसार हामी अगाडि बढ्ने छौँ ।’

१०७ जना प्रदेशसभा सदस्य रहेको मधेस प्रदेशमा जनमत पार्टीका प्रत्यक्षमा ६ र समानुपातिकमा ७ गरी १३ जना सांसद छन् । मधेस सरकारमा हाल जनमतका दुई मन्त्री, एक राज्यमन्त्री र उपसभामुख छन् ।

मधेस प्रदेशमा जनमतबाट समानुपातिक सांसद वसन्त कुशवाहा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, सप्तरी २ (ख) बाट निर्वाचित महेशप्रसाद यादव शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री र सिरहा २ (क) बाट निर्वाचित सञ्जयकुमार यादव राज्यमन्त्री छन् ।

यता, जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतले आफ्नो पार्टी मन्त्री पदको भोको नरहेको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेलगत्तै राउतले ट्वीट गर्दै यस्तो प्रतिक्रिया जनाएका हुन् ।

सरकारमा खानेपानी मन्त्रीको भूमिकामा रहेका अब्दुल खानले राजीनामा दिएपछि उनलाई बधाई दिँदै राउतले लेखेका छन्, ‘मा. अब्दुल खानलाई धेरैधेरै बधाई छ– उहाँले राजीनामा दिएर साबित गर्नुभएको छ कि जनमत पार्टी कुनै मन्त्री पदको भोको होइन ।’

सीके राउतले आफूहरु जनताको सेवक रहेको पनि जनाएका छन् । उनले लेखेका छन्, ‘जनतासँग गरेको बाचा अनुसार सेवा दिन सके पदमा बस्ने हो, कामै गर्न सकिएन र जनताको बाचा पूरा गर्न सकिएन भने टाँसिरहनुको औचित्य हुँदैन ।’

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
तल्लो सरकारमा जाने सशर्त अनुदानको बजेट खर्च प्रगतिका आधारमा मात्र दिइने

तल्लो सरकारमा जाने सशर्त अनुदानको बजेट खर्च प्रगतिका आधारमा मात्र दिइने

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य