TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

तपाईको आजको राशिफल चैत २० गते सोमबार


तपाईको आजको राशिफल फागुन ७ गते (आइतबार)
ADVERTISEMENT

 


मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज प्रणयसम्बन्ध बढ्ने समय रहेको छ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । कार्य सम्पादनमा सहजता पनि मिल्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अधुरो काम पूरा हुनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) ठीक समयमा सही निर्णय लिन सकिनेछ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । बौद्धिक काममा सफलता मिल्नेछ । बोलीको प्रभाव पनि बढ्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नयाँ कमको थालनी हुनेछ । अचल सम्पत्ति हात पर्ला । धार्मिक यात्राको योग छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ हुनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । मनोरञ्जनमा सहभागिता भइनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता पनि मिल्ला ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ । यात्रा कष्टकर हुनसक्छ सचेत रहनु पर्छ, तर आफन्तसँग भेटघाट हुनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज शुभकार्यको चर्चा चल्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । शुभ कार्यमा सरिक भइनेछ । आँटेको र ताकेको कार्य पनि पुरा होला ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । झैझमेलाको अवस्था आउला । फलदायी यात्रा नहोला, तर सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । मित्रताको बन्धन कसिने बेला छ । धार्मिक क्षेत्रमा रुचि बढ्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज मन खिन्न हुने स्थिति आउनेछ । महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नु राम्रो होला । राजनीतिक कार्यमा पनि बाधा आउनसक्छ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आजको दिन सामान्य नै रहनेछ । लत्ता कपडामा बढी धन खर्च हुने र सामान हराउने योग छ । अभिभावकको आशीर्वादले काम गर्नसक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

तल्लो सरकारमा जाने सशर्त अनुदानको बजेट खर्च प्रगतिका आधारमा मात्र दिइने
काठमाडौं, चैत १९ गते । स्थानीय र प्रदेश सरकारले संघीय सरकारबाट पाउने सशर्त अनुदान खर्च प्रगतिका आधारमा मात्र हस्तान्तरण गरिने भएको छ । विनियोजित बजेट तोकिएको मितिमा स्वतः हस्तान्तरण हुने प्रावधान छ ।

अर्थ मन्त्रालयले अन्तर सरकारी वित्तीय हस्तान्तरण सम्बन्धमा सशर्त अनुदानको रकमलाई कार्य प्रगतिका आधारमा मात्र दिने गरी निर्णय गरेको हो । सोही अनुसार अर्थले महालेखा नियन्त्रक कार्यालयलाई निर्देशन दिएको छ ।

विनियोजन ऐन अनुसार सशर्त अनुदानको बजेट मध्ये एक तिहाइ रकम हरेक आर्थिक वर्ष (आव) को २ भदौमा हस्तान्तरण हुन्छ । त्यसपछि भने कार्ययोजना बमोजिम भौतिक प्रगति तथा खर्च भएको रकमको विवरण प्रदेश तथा स्थानीय तहले प्रत्येक १५ मंसिर, १५ चैत र १५ असार भित्र हस्तान्तरण गर्नुपर्छ । सोही विवरणको आधारमा महालेखा नियन्त्रक कार्यालयले प्रदेश र स्थानीय तहमा हस्तान्तरण भएको सशर्त अनुदानको रकम समायोजन गरी बाँकी रकम सोधभर्ना निकासा दिनु पर्छ ।

यसरी निकासा दिंदा खर्च प्रगतिका आधारमा मात्र थप रकम हस्तान्तरण गर्न अर्थले निर्देशन दिएको हो । अर्थ मन्त्रालयलाई केन्द्रमा स्रोतको चाप पर्ने र स्थानीय तह तथा प्रदेशमा बजेट खर्च नभई कोषमा रकम थुप्रिने प्रवृत्ति बढेसँगै अर्थले कार्यप्रगतिका आधारमा मात्र बजेट हस्तान्तरण गर्ने निर्णय गरेको हो
ररररररररररररररररररररर
बारा– २ मा राजेन्द्र महतोको समर्थन उपेन्द्र यादवलाई

काठमाडांै, चैत १९ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले १० वैशाखमा हुने उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवलाई सघाउने भएको छ ।

यसअघि पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई उम्मेदवार बनाउने निर्णय गरेको लोसपाले सत्ता गठबन्धनको उम्मेदवारका रुपमा जसपा उम्मेदवार यादवलाई समर्थन गर्ने भएको हो ।

 

वरिष्ठ नेता महतोले आफ्नो पार्टीसमेत रहेको गठबन्धनको साझा उम्मेदवारलाई उपनिर्वाचनमा सघाउने अनलाइनखबरलाई बताए । ‘हाम्रो पार्टी समेत रहेको गठबन्धनको बैठकले उपेन्द्रजीलाई साझा उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीले नै उहाँको उम्मेदवारीलाई सघाउने भन्ने निर्णय गरिसकेपछि मैले त्यसको विरुद्ध हुने गरी निर्णय गर्ने कुरो आएन’, महतोले भने ।

उनले स्थानीय जनताको माग आफू बारा– २ बाट चुनाव लड्नुपर्छ भन्ने भए पनि पार्टी र गठबन्धनले यादवलाई नै उम्मेदवार बनाउने निर्णय गरेकाले आफू त्यसलाई मान्न तयार भएको उनको भनाइ छ ।

रररररररररररररररररररररररर
५ सांसद आफ्नै प्रस्तावमाथिको छलफलमा अनुपस्थित
काठमाडौं, चैत १९ । प्रतिनिधिसभा नियमावली २०७९ को प्रतिवेदनउपर संशोधन दर्ता गर्ने ६ जना सांसद दफाबार छलफलमा अनुपस्थित भएका छन् । उनीहरु आफ्नै संशोधन प्रस्तावमाथि छलफल भइरहँदा अनुपस्थित भएका हुन् ।

नियमावली मस्यौदा समितिका सदस्य रमेश लेखकका अनुसार १८ जना सांसदले ६५ वटा संशोधन प्रस्ताव दर्ता गरेका थिए । त्यसमध्ये १२ जना संशोधनकर्ता सांसदले मात्रै छलफलमा भाग लिए ।

नेपाली कांग्रेसका सांसद प्रतिमा गौतम र श्यामकुमार घिमिरे, नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा लगायत ५ जना संशोधनकर्ता सांसदहरु आफ्नो संशोधन उपरको छलफलमै अनुपस्थित भएका हुन् ।

नेपाली कांग्रेसकी सांसद आरजु राणाको तर्फबाट ईश्वरी देवी न्यौपानेले संशोधनमाथिको छलफलमा भाग लिएकी थिइन् । राणा उपचारका लागि नयाँ दिल्लीमा रहेको पनि उनले सदनलाई जानकारी गराएकी थिइन् ।
जनमत पार्टीका अध्यक्ष सिके राउतको तर्फबाट सानु मुर्मुले राउतको संशोधन प्रस्तावउपरको छलफलमा भाग लिएकी थिइन् । राउत बारा– २ को उपनिर्वाचनमा केन्द्रित भएकाले सभाको बैठकमा अनुपस्थित रहेका हुन् ।

संशोधनमाथि छलफल सकेर आइतबार प्रतिनिधिसभा नियमावली २०७९ बहुमतले पारित गरेको छ ।
रररररररररररररररर
कांग्रेसले बारा–२ मा उपेन्द्र यादवलाई सघाउने
काठमाडौं, चैत १९ गते । नेपाली कांग्रेसले १० वैशाखमा हुने बारा–२ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीलाई सघाउने भएको छ ।
आइतबार सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उपनिर्वाचनमा जसपाका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने निर्णय गरेको हो ।
कांग्रेसले तनहुँ–१ मा गोविन्द भट्टराई र चितवन–२ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ । तर, कांग्रेसले सत्ता गठबन्धन दलको हैसियतले अध्यक्ष यादवलाई सहयोग गर्ने निर्णय गरेको सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।

आसन्न उपनिर्वाचनमा तनहुँ–१ मा कांग्रेसका भट्टराई, एमालेका सर्वेन्द्र खनाल र रास्वपाका डा. स्वर्णिम वाग्ले, चितवन–२ मा रास्वपा सभापति रवि लामिछाने, कांग्रेसका श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपाने उम्मेदवार रहेका छन् ।
रररररररररररररररर
बारा–२ मा आफ्नो उम्मेदवारी नपर्ने नेता महतोको स्पष्टोक्ति

काठमाडौं, १९ चैत । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका बरिष्ठ नेता राजेन्द्र महतोले बाराको निर्वाचन क्षेत्र नम्बर–२ मा आफ्नो उम्मेदवारी नपर्ने स्पष्ट पारेका छन् ।

उनले लोसपाले गठबन्धनका साझा उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने जानकारी दिएका हुन् ।

उनले भने, ‘बारा–२ मा मेरो उम्मेदवारी पर्दैन, गठबन्धनले उपेन्द्रजीलाई उम्मेदवार बनाएकाले हाम्रो पार्टीको पनि समर्थन उहाँलाई नै हुन्छ ।’

आगामी १० वैशाखमा बारा–२, चितवन–२ र तनहुँ–१ मा प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचन हुँदैछ ।

यसअघि लोसपाले बारा–२ मा राजेन्द्र महतोलाई उम्मेदवार बनाउने चर्चा थियो । महतो स्वयंले उपेन्द्रलाई समर्थन गर्ने बताएका कारण सो सम्भावना अब टरेको छ ।
रररररररररररररररररररररररररर
सभापति लामिछानेविरुद्ध सर्वाेच्चमा रिट

काठमाडौं, चैत १९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सर्वाेच्च अदालतमा रिट निवेदन पेस भएको छ ।सभापति लामिछानेविरुद्ध युवराज पौडेल सफलले उक्त रिट पेस गरेका हुन् ।

लामिछानेले राहदानी दुरुपयोग गरेको र यसविरुद्ध मुद्दा चलाउनुनपर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध आइतबार रिट निवेदन दिएको पौडेलले जानकारी दिए । उनले राहदानी दुरुपयोगको विषयमा लामिछानेमाथि मुद्दा दायर गर्न माग गर्दै रिट निवेदन दिएको बताए ।

‘रवि लामिछानेले राहदानी दुरुपयोग गरेको सम्बन्धमा मुद्दा चलाउन र लामिछानेविरुद्ध मुद्दा चलाउनुनपर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वाेच्च अदालतमा रिट निवेदन दिएको छु,’ पौडेलले भने, ‘सोमबार वा मंगलबारसम्ममा रिट दर्ता होला ।’
रररररररररररररररररररररररररररर
१८ जना सहसचिवको जिम्मेवारी हेरफेर

काठमाडौं, चैत १९ गते । सरकारले १८ जना सहसचिवको जिम्मेवारी हेरफेर गरेको छ ।

जसअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका रामकृष्ण लामिछानेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा, विन्देश्वरप्रसाद लेखकलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा, बद्रीनाथ गैरेलाई वुटवल उपमहानगरपालिकामा, पार्वती अर्याललाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा र शिव कुमार कार्कीलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव डा. नारायणप्रसाद रेग्मीलाई सामाजिक विकास मन्त्रालय सुदूरपश्चिमको प्रदेश सचिव, अस्मान तामाङलाई श्रम, रोजगार तथा यातायात मन्त्रालय बाग्मती प्रदेश सचिव र सो ठाउका सुरेश राउतलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । यस्तै, कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाका डा. नरहरिप्रसाद घिमिरेलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कर्णाली प्रदेश र त्यहाँ कार्यरत डा. लेखराज दाहाललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सरुवा गरिएको छ ।

यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी डा. सुधा देवकोटालाई स्वास्थ्य मन्त्रालय कोशी प्रदेश, विराटनगर र सो ठाउँका अनुज भट्टचनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय दलित आयोगका नारायणप्रसाद शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेश र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशीका कृष्णप्रसाद सापकोटालाई राष्ट्रिय दलित आयोगमा सरुवा गरिएको छ ।

यस्तै, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेशका प्रदेश सचिव बद्रीराज ढुंगानालाई वन तथा वातावरण मन्त्रालय, आर्थिक मामिला मन्त्रालय, लुम्बिनी प्रदेशका का प्रदेश सचिव दीपकराज नेपाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेश, वन तथा वातावरण मन्त्रालयका सहसचिव विनोद प्रसाद देवकोटालाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेश र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, कर्णाली प्रदेशका प्रदेश सचिव नवराज पुडासैनीलाई वन तथा वातावरण मन्त्रालयमा सरुवा गरिएको जनाइएको छ ।
रररररररररररररररररररर
प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

काठमाडौं, चैत १९ गते । प्रतिनिधिसभा नियमावली मस्यौदा २०७९ पारित भएको छ । मस्यौदा समिति सदस्य रमेश लेखकले पेश गरेको मस्यौदा प्रतिनिधिसभाबाट बहुमतले पारित भएको हो। सभामुखको अधिकार खोस्ने प्रस्तावबाट सत्तारुढ सांसदहरू पछि हटेका छन् ।

सत्तारुढ दलले सभामुखलाई कस्नेगरी कार्यव्यवस्था परामर्श समितिको बैठक नियमित राख्ने संशोधन प्रस्ताव फिर्ता लिएका हुन् ।

सत्तारुढ दल नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी,जनता समाजवादी पार्टी (जसपा) लगायत दलका सांसदले सभामुखको अधिकारलाई कार्यव्यवस्था परामर्श समितिमा ल्याउने प्रस्ताव राखेका थिए ।

प्रतिनिधिसभा नियमावली बनाउन राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीको नेतृत्वमा समिति गठन भएको थियो। नियमावली पारित भएसँगै संसदीय समिति गठन प्रक्रियाको बाटो खुलेको हो।
रररररररररररररररररररररररररररर
मधेस सरकारले हुलाकी र महेन्द्र राजमार्गको बिचबाट ‘मधेशी शहीद लोकमार्ग’ निर्माण गर्ने
जनकपुरधाम, १९ चैत । मधेस प्रदेश सरकारले मधेशी शहीद लोकमार्ग निर्माणको प्रक्रिया अगाडि बढाएको छ ।

आइतबार भौतिक पुर्वाधार विकास मन्त्री सरोजकुमार यादवले पत्रकार सम्मेलनको आयोजना गरी प्रदेश सरकारले करिब ३११ किलोमिटरको मधेशी शहीद लोकमार्ग निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको जानकारी दिएका हुन् ।

मन्त्री यादवले कागजमा मात्र सिमित यो मार्ग निमार्णका लागि रुट रेखांकन सार्वजनिक गर्दै छिट्टै मन्त्रीपरिषद्बाट पारित गरेर टेन्डर प्रक्रियामा जाने जानकारी दिएका छन् ।

उनले प्रदेशकै स्वाभिमान र स्वगौरवको यस आयोजनाको रेखांकन मन्त्रालयको दुई महिनाको अध्ययन, अनुसन्धान र खटाईको उपलब्धिपश्चात् सार्वजनिक गर्न सकेको बताए ।

पूर्व–पश्चिम राजमार्ग र हुलाकी राजमार्गको मध्य भागमा समेटेर सप्तरीदेखि पर्सासम्मको बिचको भू–भागलाई जोड्नेगरि मधेशी शहीद लोकमार्ग निर्माण गरिने मन्त्री यादवले जानकारी दिए ।

रेखांकन सर्वेका लागि टेन्टर लगाइसकिएको र सर्वे डिजाइन गरेर पेश गर्ने सम्झौतासमेत भइसकेको बताउँदै आगामी दुई महिनाभित्र सर्वे डिजाइनको डिपिआर मन्त्रालयमा पेश गरिने तथा यस आर्थिक वर्षको अन्त्यसम्ममा मधेशी शहीद लोकमार्ग निर्माणका लागि टेन्डर लगाइ सकिने दाबी गरेका छन् ।

मन्त्रालयका सचिव कृष्णकुमार मिश्रले विगत दुई आर्थिक वर्षदेखि मधेशी शहीद लोकमार्ग निर्माणको कार्यक्रम स्वीकृत भई कार्यान्वयन हुन नसकिरहेको अवस्थामा अन्तिम चरणमा अलाइनमेन्ट सकेर आज सार्वजनिक गर्न सफल भएको बताए ।

उनले यस लोकमार्गको अलाइनमेन्ट सलेक्शनका लागि ईओआई ईबिडिङ्गबाट सुचना प्रवाह गरी कन्सलटेन्ट हायर गरेर तिनवटा अलाइनमेन्ट बनाउन लगाइएको र तिनवटा मध्ये इकोनोमिक, छोटो र सिधा अलाइनमेन्ट कार्यान्वयनका लागि मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भई मन्त्रीपरिषद्मा लग्ने तयारी भइसकेको जानकारी दिए ।

हुलाकी राजमार्ग र महेन्द्र राजमार्गको बिचबाट एउटा डबल लेनको बाटो निर्माण गर्नका लागि मधेशी शहीद लोकमार्गको परिकल्पना गरिएको र यसको भोलिदेखि नै डिपिआर बन्ने कामको शुरुवात हुने उनले बताए । यस लोकमार्गको डीपिआर निर्माणका लागि २ करोड ५० लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

३११ किलोमिटरको यस लोकमार्ग निर्माणको कामलाई चार प्याकेजमा विभाजित गरिएको छ । जसअन्तर्गत सप्तरीदेखि सिरहासम्मको एउटा प्याकेज, सिरहादेखि धनुषासम्मको दोस्रो, सर्लाहीदेखि रौतहटसम्मको तेस्रो र बारादेखि पर्सासम्मको चौथो प्याकेज रहने छ ।

उनले चारवटै प्याकेजमा चारवटा कन्सल्टेन्टहरु डीपिआर निर्माणको काममा जुटिसकेको जानकारी दिए । उनले यस लोकमार्गअन्तर्गत विभिन्न रुट गरी सप्तरीमा ६४, सिरहामा ४६, धनुषामा ३० र महोत्तरीमा २३ किलोमिटर कालोपत्रे सडक बन्ने जानकारी दिए । दुईलेनको सो सडक सर्लाहीमा ५१, रौतहटमा २०, बारामा ३६.८६ र पर्सामा ४० किलोमिटर कालोपत्रे निर्माण गरिने उनले बताए ।

रररररररररररररररररररररररररररर
भन्सार विभागका तत्कालिन नायब सुब्बा रघुनाथ घिमिरेविरूद्ध २ करोड बढिको भ्रष्टाचार मुद्दा
भन्सार विभागका तत्कालिन नायब सुब्बा रघुनाथ घिमिरेविरूद्ध २ करोड बढिको भ्रष्टाचार मुद्दा
काठमाडौं ः भन्सार विभागका तत्कालीन नायब सुब्बा रघुनाथ घिमिरेविरूद्ध २ दुई करोड बढि भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालत काठमाडौंमा नायब सुब्बा घिमिरेविरुद्ध २ करोड १४ लाख ४६ हजार ६५७ रुपैयाँको भ्रष्टाचार मुद्दा दायर भएको छ।
गत जेठमा बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अनधिकृत रुपमा प्रवेश गरेको उनीमाथि आरोप थियो।

उजुरीका आधारमा छानबिन गर्दा २ करोड १४ लाख ४६ हजार ६५७ रुपैयाँ भ्रष्टाचार गरेको पाइएकाले नायब सुब्बा घिमिरेलेविरूद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।

घटनाबारे थप छानविन भइरहेको अख्तियारले जनाएको छ।
ररररररररररररररररररर
।
ररररररररररररररररररर
१५ हजार घुस लिँदै गर्दा मालपोत बाराका खरदार र लेखापढी व्यवसायी पक्राउ
जनकपुरधाम, चैत १९ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ हजार रुपैयाँ घुस लिएको आरोपमा रकमसहित बाराबाट एक जना खरदार र लेखापढी कानून व्यवसायीलाई पक्राउ गरेको छ ।

मालपोत कार्यालय बाराको राजश्व फाँटमा कार्यरत रामविश्वास साह कानु र लेखापढी कानून व्यवसायी गौरीशंकर कुशवाहलाई पक्राउ गरेको हो ।

जग्गा रजिष्ट्रेसन पास गराइदिने भन्दै सेवाग्राहीसँग घुस रकम लिँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडास्थित कार्यालयका सूचना अधिकारी विष्णुप्रसाद सापकोटालो बाराको कलैयामा स्ट्रिङ अप्रेसन सञ्चालन भएको पुष्टी गरे । उनले १५ हजार घुस रकम सहित दुईजनालाई पक्राउ गरिए पनि विस्तृत विवरण आउन बाँकी रहेको बताए ।

ररररररररररररररररररर
सिरहामा एकै परिवारका सदस्यले सामुहिक कुटपिट गर्दा एक युवकको मृत्यु
सिरहा, १९ चैत । सिरहामा एकै परिवारका सदस्यले सामुहिक कुटपिट गर्दा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लहान नगरपालिका वडा नम्बर–८ बस्ने २१ वर्षीय हरिभजन मण्डल रहेका छन् ।

शनिबार साँझ लहानस्थित एकै परिवारका ४÷५ जना सदस्यहरुले कुटपिट गर्दा मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लहान नगरपालिका–७ स्थित प्रिया जेनरल स्टोरमा कार्यरत मण्डल शनिबार बेलुकी पसल बन्द गरेर गणेश चोक हुँदै आफ्नो घरतर्फ गइरहेको बेलामा लहान–८ बस्ने राजलाल साहले मण्डललाई पछाडीबाट धक्का दिएका थिए ।

धक्कामुकीलाई लिएर मण्डलसँग साहको सामान्य विवाद भएको थियो । विवाद साम्य भएपछि मण्डल आफ्नो घरतर्फ गइरहँदा आवेशमा आएका साहले उनलाई पछ्याउँदै गएका थिए ।

केहीबेरमा साहले आफ्ना छोरा शिव साह, भोला साह, नाति भिम साहलाई बोलाएर चारैजना मिलेर मण्डललाई कुटपिट गर्न थालेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका मण्डललाई स्थानीयले घरसम्म पुर्याउँदा उनले २÷३ पटक बान्ता गरेको बताइएको छ ।

मण्डलका बुवा रामकुमार मण्डलले घाइते छोरालाई उपचारका लागि कामना नर्सिङ्ग होममा लगे । त्यहाँ उनको अवस्था चिन्ताजनक भएको भन्दै चिकित्सकले विराटनगर वा धरान लगन सल्लाह दिएका थिए । विराटनगरस्थित विराट नर्सिङ्गहोममा पुर्याउँदा उनको मृत्यु भइसकेको थियो ।

घटनामा संलग्न रहेको भन्दै राजलाल साह र भिम साहलाई प्रहरीले पक्राउ गरिसकेको छ भने अन्य फरारहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
ररररररररररररररररररररररररररररर
नगरप्रमुखको ठाउँमा एसईई परीक्षा दिइरहेका नक्कली परीक्षार्थी पक्राउ
रौतहट, १९ चैत । रौतहटका एक नगरप्रमुखको ठाउँमा एसईई परीक्षा दिइरहेका नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुका ज्वाइँ गरुडा नगरपालिका–६ पोठियाही बस्ने ३० वर्षीय कमल साह रहेका छन् ।

मेयर कानुको सट्टामा एसईई परीक्षा दिंदै गरेका उनका ज्वाइँ साहलाई परीक्षा अनुगमन टोलीले चेकजाँचको क्रममा पक्राउ गरेको जिल्ला शिक्षा समन्वय इकाइ रौतहटका प्रमुख रामविनय कुमार सिंहले जानकारी दिए ।

मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ माविमा सञ्चालन भइरहेको एसईईमा आइतबार दोस्रो दिनको परीक्षामा नियमिततर्फ सिम्बोल नम्बर–३५०३७२८ का विद्यार्थी नगरप्रमुख प्रेमलाल साह कानुको सट्टामा परीक्षा दिइरहेका कमललाई अनुगमन टोलीले पक्राउ गरेको हो ।

ससुराको सट्टामा परीक्षा दिइरहेका पक्राउ परेका साह पेशाले इन्जिनियर रहेको बताइएको छ ।

परीक्षा सञ्चालन भइरहेको बेला अनुगमन टोलीलाई बिद्यार्थीप्रति शंका लागेर चेकजाँच गर्दा साह पक्राउ परेका थिए । पक्राउ परेको विषयमा अनुसन्धान भइरहेको रौतहट प्रहरीले जनाएको छ ।
ररररररररररररररररररररररररररर
उम्मेदवारी दर्ताका लागि दललाई छुट्टाछुट्टै समय

 

तनहुँ ः आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका सन्दर्भमा भोलि सोमबार तनहुँ–१ मा उम्मेदवारी दर्ताका लागि राजनीतिक दललाई छुट्टाछुट्टै समय निर्धारण गरिएको छ।

उम्मेदवारी दर्तालाई व्यवस्थित बनाउन जिल्लास्थित राजनीतिक दलको समन्वयमा छुट्टाछुट्टै समय निर्धारण गरिएको हो।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतबार यहाँ आयोजना गरेको सरोकारवालासँगको छलफलका क्रममा उम्मेदवारी दर्ता गर्न आउँदा सबै दललाई समय निर्धारण गरिएको छ।

एकैपटक सबै दल आउँदा भीडभाड हुने र उम्मेदवारी दर्ता कार्यक्रम अस्तव्यस्त हुने भएकाले दलको समन्वयमा समय निर्धारण गरिएको सहायक निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिए।

नेपाली कांग्रेसलाई बिहान १२ बजे, नेकपा (एमाले) लाई ११ बजे, नेकपा (माओवादी केन्द्र) लाई दिउँसो २ बजे, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लार्ई दिउँसो १ बजे र नेकपा (एकीकृत समाजवादी) लाई १ः३० को समय निर्धारण गरिएको छ।

अन्य राजनीतिक दललाई पनि सहमतिमै समय निर्धारण गरेर उम्मेदवारी दर्ताका लागि व्यवस्था मिलाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले उम्मेदवारी दर्तालाई व्यवस्थित बनाउन सबै राजनीतिक दलसँग समन्वय गरिने बताए।

उपनिर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र निष्पक्ष बनाउन सबै पक्षको सहयोग आवश्यक पर्ने उहाँको भनाइ थियो। प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले निर्वाचनलाई भयरहित, निष्पक्ष र मर्यादित बनाउन प्रशासन प्रतिबद्ध रहेको बताए।

नेपाली कांग्रेसका सचिव लक्ष्मीभक्त खनाल, एमालेका उपसचिव प्रदीपराज अधिकारी, माओवादी केन्द्रका अध्यक्ष ओमराज आले, एकीकृत समाजवादीका अध्यक्ष श्रीराम कार्की, राप्रपाका अध्यक्ष विनोद घर्तीलगायतले आचारसंहिता पालनामा आफ्नो दल पूर्ण प्रतिबद्ध रहेको बताए।

सो अवसरमा निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले उम्मेदवारी दर्ताका क्रममा आवश्यक कागजात, पालना गर्नुपर्ने आचारसंहितालगायतका विषयमा प्रष्ट पारेका थियो।
रररररररररररररररररररररर
१० वैशाखको उपचुनाव माओवादीलाई हर्ष न बिस्मात
१९ चैत, काठमाडौं । तीन क्षेत्रमा हुने उपचुनावका लागि भोलि सोमबार उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा लगायत दलले उम्मेदवार तोकिसकेका छन् र भोलि उम्मेदवारी दर्ताको तयारीमा जुटेका छन् ।

कांग्रेसले चितवन–२ मा जितनारायण श्रेष्ठ र तनहुँ–१ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ । बारा–२ मा भने जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने कांग्रेसको निर्णय छ । उसले चितवन र तनहुँको उम्मेदवारी दर्तामा दुई महामन्त्रीलाई नै खटाएको छ ।

एमालेले चितवन–२ मा रामप्रसाद न्यौपाने र तनहुँ १ मा पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनाललाई टिकट दिएको छ, बारा–२ मा भने उम्मेदवार टुंगो लगाएको छैन ।

 

रास्वपाले चितवन–२ मा सभापति रवि लामिछाने, बारा–२ मा पूर्व डीआईजी रमेश खरेल र तनहुँ– १ मा स्वर्णिम वाग्लेलाई टिकट दिएको छ । राप्रपाले चितवन– २ मा जीवलाल पुरी, बारा– २ मा सोनेलाल साह र तनहुँ– १ मा शोभा गुरुङलाई उम्मेदवार बनाएको छ । दलहरु उम्मेदवारी दर्ताको तयारीमा जुटेका छन् ।

सरकारको नेतृत्व गरेको माओवादी केन्द्रलाई भने उपचुनावको कुनै चटारो छैन । नेताहरुका अनुसार सत्ता गठबन्धनमा औपचारिक निर्णय त भएको छैन, तर चितवन–२ र तनहुँ–१ मा कांग्रेसलाई समर्थन गरेको माओवादीले बारा– २ मा जसपा उम्मेदवारलाई समर्थन गर्नेछ ।

माओवादी केन्द्रका सचिव हितराज पाण्डेका अनुसार सत्ता गठबन्धनमा तनहुँ– १ आफ्नो दलले पाउनुपर्ने माग थियो । माओवादीको तनहुँ जिल्ला कमिटीले कोषाध्यक्ष श्रीराम ढकालको नाम सिफारिस गरेको थियो । उनले उम्मेदवार नहुने घोषणा गरेपछि केन्द्रीय सदस्य ओमकुमारी पौडेलको नाम सिफारिस भयो ।

नेताहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर तनहुँ– १ लिनुपर्ने माग गरेका थिए ।

‘जिल्ला, प्रदेश र केन्द्रका नेताहरुले अस्ति मात्र अध्यक्षलाई भेटेर सत्ता गठबन्धनमा तनहुँ– १ हामीले लिनुपर्छ भनेका हौं’ पार्टी संसदीय दलका प्रमुख सचेतकसमेत रहेका पाण्डेले भने, ‘उपचुनाव हुने तीन क्षेत्रमध्ये तनहुँ– १ नै सबभन्दा उपयुक्त हुन्छ भनेर हामीले भनेका छौं । तर निर्णय भएन ।’
रररररररररररररररररररररर
अमेरिकाको एक मधुशालामा गोली चल्दा तीनजनाको मृत्यु
एजेन्सी, १९ चैत । संयुक्त राज्य अमेरिकाको मध्यपश्चिमी राज्य ओक्लाहोमास्थित एक मधुशालामा भएको गोलीकाण्डमा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ ।

घटनामा अन्य तीनजना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

शनिबार राति ९ बजेको समयमा ह्वीस्की ब्यारेलमा गोली चल्दा उक्त हताहति भएको जानकारी दिँदै ओक्लाहोमा प्रहरी विभागले गोली चलाएको आरोपमा एकजनालाई पक्राउ गरिएको बताएको छ ।

घटनाको छानबिन भइरहेको छ ।
ररररररररररररररररररर

 

 

तपाईको प्रतिक्रिया

Related Posts

मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए
Headline

संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए

February 28, 2026
जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी
Headline

जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी

February 7, 2026
आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता
Headline

आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता

February 6, 2026
दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै
Headline

दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै

February 6, 2026
मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक
Headline

मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक

January 30, 2026
Next Post
उपनिर्वाचनलाई ३ क्षेत्रमा आज उम्मेदवारी दर्ता हुँदै

उपनिर्वाचनलाई ३ क्षेत्रमा आज उम्मेदवारी दर्ता हुँदै

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य