TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

उपनिर्वाचनलाई ३ क्षेत्रमा आज उम्मेदवारी दर्ता हुँदै


उपनिर्वाचनलाई ३ क्षेत्रमा आज उम्मेदवारी दर्ता हुँदै
ADVERTISEMENT

जनकपुरधाम, चैत २० गते । वैशाख १० गते हुने उपनिर्वाचनका लागि तनहुँ, चितवन र बारामा आज उम्मेदवारी दर्ता हुँदैछ ।


रिक्त रहेका प्रतिनिधि सभा क्षेत्र तनहुँ १, चितवन २ र बारा २ मा निर्वाचनका लागि आज बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले समय दिएको छ।

निर्वाचन अधिकृत कार्यालयमा गएर उम्मेदवारले मनोनयन पत्र दर्ता गर्नुपर्ने हुन्छ ।

आयोगले उम्मेदवारी दर्ता गर्न जाँदा बाजागाजासहित नजान भनेको छ। साथै २५ जनाभन्दा धेरै नजान पनि आयोगको आग्रह छ।

सत्ता गठबन्धनले तीनै क्षेत्रमा साझा उम्मेदवार तय गर्ने तयारी गरेका छन्।

नेपाली कांग्रेसले तनहुँ १ मा गोविन्द भट्टराई र चितवन २ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ। माओवादीलगायत सत्ता गठबन्धनमा रहेका अधिकांश दलले यी उम्मेदवारलाई नै सहयोग गर्ने तयारी गरेका छन्। माओवादीले चितवन र बारामा सत्ता गठबन्धनलाई सहयोग गर्ने र तनहुँ १ मा आफैँ उम्मेदवारी दिन छलफल गर्ने तयारीसमेत गरेको छ।

नेकपा एमालेले भने तनहुँ १ मा सर्वेन्द्र खनाल र चितवन २ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ १ मा स्वर्णिम वाग्ले र चितवन २ मा सभापति रवि लामिछानेलाई उम्मेदवार बनाउने भएको छ।

यस्तै सत्ता गठबन्धनबाट बारा २ मा जसपा अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन्। यहाँ उम्मेदवारी दिने बताएका लोसपा वरिष्ठ नेता राजेन्द्र महतोले पनि जसपा अध्यक्ष यादवलाई नै समर्थन गर्ने बताएका छन्।

बारा २ मा नेकपा एमालेले उम्मेदवार टुंगो लगाइसकेको छैन। यहाँ एमाले नेता पुरूषोत्तम पौडेललगायत आकांक्षी छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले भने रमेश खरेललाई उम्मेदवार बनाउने भएको छ।

यस्तै जनमत पार्टीले बारा २ मा शिवचन्द्रप्रसाद कुशवाहालाई उम्मेदवार बनाउने भएको छ। शिवचन्द्र केही दिनअघि मात्रै माओवादी परित्याग गरेर जनमत प्रवेश गरेका थिए। चुनाव प्रचारका लागि जनमत अध्यक्ष सिके राउत केही दिनदेखि बारामै छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीले तनहुँ १ मा शोभा गुरूङ, चितवन २ मा जीवलाल पुरी र बारा २ मा सोनेलाल साहलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। अरू दलहरू तथा स्वतन्त्र उम्मेदवारले पनि उपनिर्वाचनका लागि उम्मेदवारी दिने तयारी गरेका छन्।

गत मंसिर ४ को चुनावमा तनहुँ १ बाट तत्कालीन कांग्रेस नेता रामचन्द्र पौडेल प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। उनी गत फागुन २५ मा राष्ट्रपति बनेका थिए।

चितवन २ मा रास्वपा सभापति रवि लामिछाने निर्वाचित भएका थिए। नागरिकता मुद्दामा सर्वोच्च अदालतले उनको पद बदर गरिदिएको थियो।

बारा २ मा तत्कालीन जसपा नेता रामसहायप्रसाद यादव निर्वाचित भएका थिए। उनी गत चैत ३ मा उपराष्ट्रपति निर्वाचित भएका थिए।

 

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
आजको मौसम

आजको मौसम

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य