तनहुँ, चैत २० गते । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले छिटोभन्दा छिटो नयाँ भरपर्दो ऊर्जावान् व्यक्तिहरूले कांग्रेसलाई परिवर्तन गरी देशको विकास गर्ने बताए ।
कांग्रेस तनहुँले सोमबार दमौलीमा गरिएको उपनिर्वाचनको मनोनयन दर्ता तथा सम्मान कार्यक्रममा उनले सो कुरा बताएका हुन् । पार्टी अहिले कमजोर भएकाले बलियो बनाउन पार्टीभित्र नै सङ्घर्ष भइरहेको उनले भने ‘‘पाटीभित्र सङ्घर्ष गरेर, लडेर खारिएका नेताहरू कांग्रेसलाई बदल्छौँ र बदलिएको कांग्रेसबाट नेपाललाई बदल्ने सङ्कल्प लिएका छौँ’’ उनले भने ।









तपाईको प्रतिक्रिया