सप्तरी, चैत २० गते । सप्तरीमा मिटरब्याजीको आरोपमा जनमत पार्टीका केन्द्रीय सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।
जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र शर्मालाई सोमबार बिहान राजविराजबाट प्रहरीले पक्राउ गरेको हो ।
शर्मालाई ठगी गरेको मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी एव प्रवक्ता नरेश कुमार सिंहले जानकारी दिए ।
पक्राउ परेका शर्मा माथि थप आवश्यक अनुसन्धान कार्य भइरहेको प्रवक्ता सिंहले बताए ।
यता सरकारले गत शनिबार मात्र पीडितसँग पाँच बुँदे सहमति गर्दै मिटरब्याजीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको छ ।









तपाईको प्रतिक्रिया