एजेन्सी, चैत २२ गते । अस्ट्रेलियाले पनि टिकटक चलाउन प्रतिबन्ध लगाएको छ । अस्ट्रेलियाले संघीय सरकारका उपकरणमा चिनियाँ स्वामित्वको उक्त एप्लिकेशनमाथि प्रतिबन्ध लगाएको हो ।
देशका गुप्तचर र सुरक्षा निकायको सुझावमा संघीय सरकारका उपकरणमा टिकटकमा प्रतिबन्ध लगाइएको महान्यायाधिवक्ता मार्क ड्रेफसले बताएका छन् । साथै उनले उक्त प्रतिबन्ध यथाशीघ्र कार्यान्वयन हुने बताएका छन् ।
यसअघि संयुक्त राज्य अमेरिका, क्यानडा, संयुक्त अधिराज्य र न्युजिल्याण्डले उक्त एप्लिकेशनमाथि प्रतिबन्ध लगाइसकेका छन् ।
युरोपेली संसद्, युरोपेली आयोग र २७ सदस्यीय युरोपेली संघका तीन प्रमुख संस्थाले पनि आफ्ना कर्मचारीका उपकरणमा टिकटक निषेध गरेका छन् ।
ती संस्थाले कर्मचारीलाई आफ्ना मोबाइल फोनबाट टिकटक हटाउन आग्रह गरेको छ ।
तपाईको प्रतिक्रिया