TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

टिपताला नाका खुलाउन प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र


टिपताला नाका खुलाउन प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र
ADVERTISEMENT

ताप्लेजुङ, चैत २२ गते । ताप्लेजुङस्थित चीनसँग सीमा जोडिएको टिपताला नाका खुलाउनमा सहजीकरण गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ध्यानाकर्षणपत्र बुझाइएको छ । फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बूको नेतृत्वमा गएको एक टोलीले प्रधानमन्त्री प्रचण्डलाई भेटेर नाका खुलाउनमा सहजीकरण गरिदिन ध्यानाकर्षणपत्र बुझाएको हो ।


कोरोना भाइरस (कोभिड–१९) महामारीसँगै विगत तीन वर्षदेखि चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको टिपताला नाका बन्द रहेको छ । गाउँपालिका अध्यक्ष लिम्बूको नेतृत्वमा मङ्गलबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर ध्यानाकर्षणपत्र बुझाएको फक्ताङ्लुङ गाउँ कार्यपालिकाका सदस्य मिङ्माडण्डु शेर्पाले जानकारी दिए ।

कार्यपालिका सदस्य शेर्पाकाअनुसार ध्यानाकर्षणपत्र बुझाउँदै कोभिड महामारीपछि हालसम्म बन्द रहेको टिपताला नाका खुला गरी स्थानीयको दैनिकी सहज बनाउन प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरिएको छ । टिपताला नाका बन्द हुँदा सीमावर्ती क्षेत्र ओलाङ्चुङगोला, याङ्मा, फले र घुन्साका बासिन्दा सबैभन्दा बढी प्रभावित भएकाबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गरेको गाउँपालिका अध्यक्ष लिम्बूले बताउनुभयो ।

हिमाली क्षेत्रका बासिन्दाको मुख्य पेसाको रूपमा रहेको पशुपालन, जडीबुटी, गलैँचाजस्ता वस्तुको व्यापार तथा कारोबार ठप्प हुँदा उनीहरूको दैनिकीमा समस्या रहँदै आएकोबारे प्रधानमन्त्रीलाई अवगत गराएको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाका वडाध्यक्ष छेतेन वालुङले बताए । प्रभावित क्षेत्रकै बासिन्दा वडाध्यक्ष वालुङले नाका बन्द हुँदा उपभोग्य तथा व्यापारिक वस्तु आयात–निर्यात गर्न नपाउँदा समस्या रहेको बताए ।

टिपताला नाका खुलाएर यहाँ उत्पादन हुने वस्तु निर्यात गर्न र दैनिक उपभोग्य तथा आवश्यक वस्तु आयात गर्ने प्रबन्ध मिलाउन ध्यानाकर्षण गरेको वालुङले जानकारी दिनुभयो । ओलाङ्चुङगोला, याङ्मा, घुन्सासहित हिमाली क्षेत्रमा बासिन्दाको मुख्य पेसा व्यापार रहेको छ । यहाँका स्थानीयले जडीबुटी, पशुचौपाया, गलैँचालगायतका वस्तु तिब्बत निर्यात गर्ने गर्दछन् ।

नाका बन्द भएपछि भने पशुचौपायाको व्यापार गर्न नपाउँदा याक चौरीका सङ्ख्या बढेको स्थानीय बताउँछन् । सङ्कलित जडीबुटी, गलैँचालगायत निर्यातजन्य वस्तुहरू थन्क्याएर राख्नुपरेको स्थानीयले बताएका छन् । त्यस्तै, खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुहरू तिब्बतबाट नै आयात गर्ने गरेकोमा नाका बन्द भएपछि आयात पनि ठप्प भएको उहाँहरूको भनाइ छ । वर्षौँदेखि नाका बन्द भएर व्यापार गर्न नपाउँदा र उपभोग्य वस्तुहरू आयात नहुँदा दैनिकी चलाउनलाई असहज भइरहेको स्थानीयले बताएका छन् ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
गृहमन्त्री श्रेष्ठ र अमेरिकी राजदूतबीच लगानीबारे छलफल

गृहमन्त्री श्रेष्ठ र अमेरिकी राजदूतबीच लगानीबारे छलफल

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य