जनकपुरधाम, चैत २४ गते । आम जनता पार्टी नेपालका अध्यक्ष प्रभु साहले नेपालको वर्तमान राजनीतिक अवस्थाका कारण नेपाली विदेशीन बाध्य भएको बताएका छन् ।
जनकपुरधाममा शुक्रबार पार्टीको धनुषा समितिले आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै पुर्वमन्त्री समेत रहेका साहले नेपालमा दलिय राजनीतिक अवस्थाका कारण नेपाली जनता विदेशीन बाध्य भएको बताएका हुन् । साहले अब नेपालमा राजनीतिक भन्ने बितिक्कै झुठ, भ्रष्टाचारी, घुसखोरीको संज्ञा दिने गरेको बताए ।
नेपाललाई राजनीतिक दलले बिगारेको छ भन्दै नेपालको सबैथोक राम्रो छ त्यहि पनि किन नेपाली जनता रोजगारको नाममा होस् वा अध्ययनको नाममा बाहिएका छन् किन की नेपालको शासन व्यवस्था खलिय प्रणलीमा चलेको छ, उनले भने । नेपालको हावापनी, वातावरण राम्रो र नेपाली जनता इमानदार, बहादुर र मेहनती हुँदा पनि किन नेपाल छेडिरहेका छन् जनताले त्यो बुझ्न आवश्यक रहेको बताउदै साहले नेपालको राजनीतिक व्यवस्थालाई कारण देखाएका छन् ।
बैशाख १० गते बारा २ मा हुने उपनिर्वाचनमा बारा मात्र नभएर भारतियको चासोको विषय बनेको भने मधेशका अन्य जल्लाका जनता किन चासो नराख्ने भन्दै सचेत रहन आग्रह समेत गरे ।
गठबन्धनको नाउँमा एक जेनुन नेता कार्यकर्ताको भविष्य तहसनहस पार्ने काम गर्न नहुने समेत उनले बताए । आफ्नो पार्टी नेपालमा दलिय तन्त्र हटाउन लागि आएको उनको भनाई छ । दलिय प्रणाली हटाए मात्र जनताको कल्याण हुने उनको तर्कसहित बारा उपचुनावमा आफ्नो पार्टीका उमेदवारले चुवाव जित्ने दावी समेत गरे ।
कार्यक्रममा आम जनता पार्टीका धनुषा जिल्ला ईन्चार्ज श्रीलाल महासेठको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका उपाध्यक्ष बद्रि न्यौपाने, उपमहासचिव कुन्दन कुशवाहा, नेतासन्तोष राज सहनी, सेलिना कुवर सहितको सहभागिता थियो ।









तपाईको प्रतिक्रिया