काठमाडौं, चैत २४ गते । नेपाली सेनाको सर्भरमा अनधिकृत पहुँच पु¥याएको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जाको वालिङ नगरपालिका–१० का २१ वर्षीय सागर ढकाल छन् ।
उनी पश्चिमाञ्चल इञ्जिनियरिङ कलेजमा स्नातक तेस्रो वर्ष अध्ययरत विद्यार्थी हुन् । बाटुले चौरमा डेरा बस्ने उनले घरधनीको इन्टरनेट प्रयोग गरेर सेनाको सर्भरमा अनधिकृत पहुँच पु¥याएको पाइएको नेपाल प्रहरीको साइबर ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले बताए ।
‘नेपाली सेनाले आफ्नो साइबर स्पेसमा कसैले अनधिकृत पहुँच पु¥याएको भन्दै दिएको सूचनाका आधारमा अनुसन्धान थालेका थियौं’, अर्यालले भने, ‘त्यसक्रममा प्रविधिक विश्लेषण र ह्युमन इन्टलिजेन्सका आधारमा यस कार्यमा संलग्न व्यक्तिलाई घरबाटै पक्राउ गरेर ल्याएका छौं ।’
प्रहरीका अनुसार पक्राउ परेका ढकालले सेनाको के के विवरणमा पहुँच पु¥याए भन्ने खुलेको छैन उनले के प्रयोजनका लागि सेनाको सर्भर ह्याक गरे भन्ने पनि खुलेको छैन । ‘यसबारे विस्तृत अनुसन्धान बल्ल सुरु भएको छ’, एसएसपी अर्याल भन्छन् ।









तपाईको प्रतिक्रिया