जनकपुरधाम, चैत २५ गते । इतिहासिक जनता पार्टीका राष्ट्रि अध्यक्ष बद्री नारायण ठाकुरले तीन राजनीतिक दलसँग कार्य एकताका लागि लोकतान्त्रिक मधेशी मोर्चा गठन गरेको बताएका छन् ।
चैत १३ गते जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै इतिहासिक जनता पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी र राष्ट्रिय सद्भावा पार्टीका अध्यक्षहरुले केही माग र मुद्दासहित गठन गरिएको मोर्चा बारे आम जनतामा भ्रम पैदा भएकाले उक्त भ्रमलाई चिर्न इतिहासिक जनता पार्टीका अध्यक्ष ठाकुरले टुडेएनपीसँग कुरा गर्दै भने, ‘चार दलका केही माग र मुद्दा एक भएकाले कार्य एकता मात्र भएको हो, पार्टी एकता भएको होइन । त्यसैले यो मागका लागि मात्र कार्य एकता गरेका हौं, उनले भने ।
हामीले राखेका मुद्दालाई सम्बोधन गर्दै अन्य दलले पनि समर्थन गर्ने मनशायले मोर्चामा जोडिन आउनुभयो भने हामीसँग गोडिन सक्नुहुन्छ अध्यक्ष ठकुरले भने । त्यसैले यो पार्टी एकता नभए केही मुद्दामात्र एक उनको तर्फ छ ।
मोर्चा गठन भएको छ भने आगमी कार्य वा चुनावमा पनि एक भएर जानुहु भन्ने टुडेएनपीको प्रश्नमा अध्यक्ष ठाकुरले यसो भने,‘अहिलेका माग र मुद्दासम्म मात्र एक भएका छौं बाँकी काम कर्तव्य आफ्नै हुन्छ । यो माग पुरा भए मोर्चा निष्क्रिय हुन्छ ।
यसैक्रममा इतिहासिक जनता पार्टी गुठी संस्थानविरुद्ध बैशाखदेखि आन्दोलनमा जाने तयारी गर्दै गरेको जानकारी पनि उनले दिए । गुठीको सम्पत्ति सार्वजनिक गर्नुपर्ने माग राख्दै पटक पटक ज्ञापनपत्र समेत बुझाउँदै आएकोमा उक्त ज्ञापनपत्रको सम्बोधन नगरेको भन्दै अब आन्दोलन गर्ने अध्यक्षले भन्नुभयो ।
तपाईको प्रतिक्रिया