TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

उपचुनावपछि प्रदेशमा आलोपालो नेतृत्व हुन्छः खाण (भिडियोसहित )


उपचुनावपछि प्रदेशमा आलोपालो नेतृत्व हुन्छः खाण (भिडियोसहित )
ADVERTISEMENT

जनकपुरधाम, चैत २६ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाणले वैशाख १० गतेको उपनिर्वाचनपछि प्रदेश सरकार पुनः गठनसँगै आलोपालो मुख्यमन्त्री बन्ने सहमति भएको बताउनुभयो ।


प्रेस युनियन, धनुषाद्वारा जनकपुरधाममा आइतबार आयोजित पत्रकार सम्मेलनमा पूर्व गृहमन्त्री खाणले उपनिर्वाचनपछि गठबन्धनमा आबद्ध दलबीच प्रदेशमा आलोपालो मुख्यमन्त्री बन्ने सैद्धान्तिक सहमति भएको बताउनुभएको हो । उहाँले बारा, चितवन र तनहुँमा हुने उपनिर्वाचनपछि प्रदेश सरकार पुनः गठन गरिने सहमति भएको छ र आलोपालो गरी विभिन्न राजनीतिक दलका प्रदेश सभाका नेताहरू प्रदेशका मुख्यमन्त्री बन्ने सहमति भएको जानकारी दिनुभयो ।

मन्तव्यकै क्रममा खाणले प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत प्राप्त गर्नुभएपछि अबको मन्त्री मण्डलमा मधेशको प्रतिनिधित्व हुनुपर्नेमा आफ्नो जोड रहेको उल्लेख गर्नुभयो । प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसका आठ मन्त्रालयमध्ये चार जना भइसकेकाले बाँकी चार मन्त्रीमा मधेशको प्रति प्रतिनिधित्व हुनुपर्ने उहाँले बताउनुभयो । उहाँले यस सरकारमा अन्य राजनीतिक पार्टीहरूलाई पनि साथसाथै लिएर हिँड्नुपर्छ भन्ने कांग्रेसको प्रयत्न समेत रहेको छ, भन्नुभयो ।

कांग्रेसले सधैँ सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न चाहेको बताउनुहुँदै केन्द्रीय सदस्य खाणले नागरिकता विधेयक ल्याइए पनि प्रमाणीकरण हुन सकेन, त्यसैले सम्पूर्ण नेपालीका लागि जनकपुरधामको पत्रकार सम्मेलनबाट सम्पूर्ण राजनीतिक दललाई नागरिकता विधेयकलाई अगाडि बढाउन आग्रह समेत गर्नुभयो ।

नेपालको संविधान अनुसार हरेक नेपालीले नागरिकता प्राप्त गर्न पाउनुपर्ने प्रावधान रहे पनि नागरिकता विधेयक प्रमाणीकरण नहुँदा नेपाली जनताले दुःख पाएका छन् । कुनै विदेशी नागरिकलाई नागरिकता दिन विधेयक ल्याइएको थिएन, उहाँले भन्नुभयो ।

नागरिकताका कारण थुप्रै नेपालीले दुःख पाएका छन्, व्यापार व्यवसाय गर्न पाएका छैनन् , आफ्नै देशमा अनागरिकको भूमिका निर्वाह गरिरहेका छन् । ती सम्पूर्ण समस्या समाधानका लागि नागरिकता विधेयक प्रमाणीकरण हुनुपर्ने खाँणको भनाइ थियो ।

प्रेस युनियन धनुषाका जिल्ला अध्यक्ष राजन सिंहको अध्यक्षता सम्पन्न पत्रकार सम्मेलनमा कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, प्रतिनिधि सभा सदस्य मुक्ताकुमारी यादव, कांग्रेसका मधेश प्रदेश सभापति कृष्ण यादवलगायतको उपस्थिति थियो । साभार गोरखापत्र अनलाइन

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
चार पार्टी बिच कार्य एकता भएको हो, पार्टी एकता होइनः अध्यक्ष ठाकुर

चार पार्टी बिच कार्य एकता भएको हो, पार्टी एकता होइनः अध्यक्ष ठाकुर

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य