जनकपुरधाम, चैत २६ गते । निर्वाचित महिला जनप्रतिनिधिलाई सबल र सक्षम बनाउन शी लिड्स तालिम प्रभावकारी बन्दै गएको छ ।
माण्डवीद्वारा सञ्चालित निर्वाचित महिला जनप्रतिनिधिहरुको नेृतृत्व तथा क्षमता अभिवद्धि सम्बन्धि शी लिड्स तालिमले महिलाको व्यक्तित्व तथा नेतृत्व गर्ने क्षमताको विकास हुँदा तालिम प्रभावकारी बन्दै गएको हो ।
मोडेल १, २, ३ र ४ गरि चार चरणमा आइतबार जनकपुरधाममा सम्पन्न भएको तालिममा पहिलो चरणामा चुनावी प्रकृयामा कसरी जाने, दास्रो चरणमा चुनावमा जान कस्तो तयारी गर्ने लगायतका विषयमा क्षमता अभिवृद्धिमा मदत गरेको तालिमका सहभागिीहरुले बताएका छन् ।
निर्वाचनपछि चरण दुई, तीन र चारमा भने चार÷चार दिन गरी १२ दिने तालिम सञ्चालन गरिएको थियो । वडामा प्रतिनिधिको दायित्व, गर्नुपर्ने काम, आगामी दिनको योजना र योजनाअनुसार कसरी अगाडी बढ्ने बारे क्षमता वृद्धि गराउन तालिम गराइएको कार्यक्रा संयोजक अरविन्द चौधरीले बताए ।
तालिममा जनकपुरधाम उपमहानगरपालिकाका २५ वटै वडाका ५१ जना निर्वाचित महिला जनप्रतिनिधि यस तालिमबाट लाभान्वित भएको तालिमका प्रमुख प्रशिक्षक सम्झना बर्माले बताएकी छन् । तलिम सम्पन्न भएपछि सहभागी सबैका लागि ६ महिनाका लागि मेन्टरको व्यवस्था गरिएको छ ।
२०७८ को चुनाव अघिदेखि महिला जनप्रतिनिधिहरुलाई क्षमता अभिवृद्धि तालिम दिइरहेको माण्डवीले चुनावपछि पनि निर्वाचन भएका महिला जनप्रतिनिधिलाई निरन्तर तालिममा सहभागी गराई आगामी दिनमा नेतृत्व गर्ने बारे प्रशिक्षण दिएको प्रमुख प्रशिक्षक बर्माले बताइन् ।
अस्ट्रेलियन एड तथा स्वीस सरकारको आर्थिका सहयोगमा आईएफइको प्राविधिक सहयोगमा सञ्चालित तालिम धनुषा जिल्लाको ६ वटा पालिकाका निर्वाचित महिला जनप्रतिनिधिहरुलाई समेटेको थियो ।









तपाईको प्रतिक्रिया