जनकपुरधाम, चैत ३० गते । सबैला नगरपालिकाका नगर प्रमुख कारीराम यादवको पहलमा अस्पतालमा अलपत्र परेकी एक महिलाको उद्धार भएको छ ।
उपचार खर्च तिर्ननसकेको भन्दै जनपुरधाम उपमहानगरपालिकास्थित जनकपुर न्यूरो अस्पतालले ३९ दिनदेखि अलपत्र अवस्थामा रहेकी सबैला नगरपालिका वडा नं. ९ की मन्तोरिया देवी रायलाई सबैला प्रमुख यादवले बुधबार उद्धार गरेका हुन्। प्रमुख यादवले जिल्ला प्रशासन कार्यालय धनुषासँग समन्वय गरी मन्तोरियालाई अस्पालबाट उद्धार गरेको बताएका छन् ।
पालिकाले तत्काल एक लाख रुपियाँ सहयोग बापत दिएको छ भने बाँकी रकम सहयोगी दाताहरुबाट संकलन गरी चुक्ता गर्ने शर्तमा मन्तोरियालाई उद्धार गरेको बताए।
आफ्नो नगरपालिकाका नागरीक उपचार खर्च तिर्न नसकेर अलपत्रपरेको खबर पाएर प्रमुख यादव मन्तोरियाको अवस्था बारे बुझ्न अस्पताल पुगेपछि बुधबार आफैं अस्पताल पुगेर मन्तोरियालाई उद्धार गरी फर्काएका हुन् ।
मन्तोरियालाई सहयोग गर्न मंगलबार सबैला नगरपालिका कार्यपालिकाको बैठक बसेर एक लाख रुपैयाँ नगरपालिकाले उपचार खर्च उपलब्ध गराउने र उद्धार गराउन पहल गर्ने निणर्य गरेको नगरप्रमुख यादवले बताए ।
नगरकार्यपालिकाको निर्णय पश्चात बुधबार जिल्ला प्रशासन कार्यालय धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीसँग मन्तोरियालाई उद्धार गराउने विषयमा छलफल गरी सहायक प्रजिअ भण्डारीले अस्पताललाई तत्कालै फोन गरी बिरामीलाई तत्काल अस्पतालबाट जान दिन निर्देशन दिए पछि मन्तोरिया घर फर्किन सफल भएको प्रमुख यादवले बताए।
माघ १२ गते मन्तोरियालाई मोटरसाइकलले ठक्कर दिंदा गम्भिर घाइते अवस्थामा उपचारार्थ न्यूरो अस्पतालमा भर्ना हुनुभएको थियो । उपचार सफल भएपछि अस्पतालले फागुन २० गते ती महिलालाई डिस्चार्ज गरेको थियो । तर, अस्पतालको उपचार खर्च तिर्न नसक्दा मन्तोरिया अस्पतालमा अलपत्र परेकी थिइन् ।
अस्पतालको उपचार खर्च वापतको ६ लाख ६९ हजार ३०० र फर्मेसीमा औषधिको २ लाख ५ हजार ७८२ तिर्न बाँकी रहेको छ ।









तपाईको प्रतिक्रिया