जनकपुरधाम, वैशाख १५ गते । नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नीति र सिद्धान्त मिले सबैसँग सहकार्य गर्ने बताएका छन् ।
शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा नेकपा एसका अध्यक्ष नेपालले सबैकुरा मिलेको खण्डमा सबै पार्टीसँग हातेमाले गर्दै अगाडी बढ्ने बताएका हुन् । साथै सबैसँग मिलेर कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध रुपमा लिएर जाने कामका लागि पनि सधैं तत्पर रहेने भने ।
उनले समानता र वैचारिकताको आधारमा विचार मिल्ने पार्टीसँग हातेमालो गर्ने तर, नेकपा एमाले वा अन्य कुनै पार्टीमा विलय नहुँने दावी गरे । अध्यक्ष नेपालले भने, ‘साझा विषयमा सहकार्य गर्नका लागि सबैसँग हातेमालो गरेर जाने छौं । विचार, सिद्धान्त र नीति मिलेका पार्टीहरुको बिचमा पार्टी एकताका लागि पहल पनि गर्नेछौं । तर, कुनै पार्टीमा विलय भने हुने छैनांै । ’
नेपालमा समाजवादको विकल्प नरहेको भन्दै समाजवादी मोर्चा बनाउने तयारी भइरहेको नेपालले बताए । मोर्चा बनाउने सोचमा नेकपा एस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी गरी तीन दलको एकताका साथै अन्य पार्टीहरुसँग पनि छलफल गर्ने तयारी भइरहेको जानकारी दिँदै समाजवादी मार्चा बनेको खण्डमा समाजवाद प्रतिको प्रतिवद्धता, राज्यमा शुसासनको प्रत्याभूति गर्ने, जनताका पिरमार्कालाई केन्द्र विन्दुमा राख्ने उनको दावी समेत छ ।
अयोग्य लडाकुलाई राहत दिने बारे नेपालले यस्तो भन्नुभयो, “ लडाकु वा पीडितलाई रकम दिँदै जाने कुरा ठिक होइन भन्दै मैले प्रधानमन्त्रलाई प्रश्न गर्दा उहाँले पुरानै रकम दिन बाँकी रहेको दिएको भन्नुभयो । प्रधानमन्त्रीले नयाँ कुनै निर्णय गरेको होइन, पुरानै निर्णय हो, नयाँ रकम दिएको होइन, पहिला रकम दिन बाँकी रहेको रकम दिएको भन्नुभयो ।” यसबारे धेरै कुरा आफूले पत्ता लगाउन नसकेको भन्नुहुँदै धेरै जानकारी नभएको विषमा धेरै बोल्नु राम्रो होइन, उनले भने ।
पत्रकार सम्मेलनमा समाजवादी पत्रकार संगठनका धनुषा अध्यक्ष अकुल प्रसाद साह, प्रदेश अध्यक्ष प्रविण साह, पार्टीका केन्द्रिय उपाध्यक्ष धर्मनाथ प्रसाद साह नेताहरु रामचन्द्र झा, सत्रुधन महतो, रामअवतार यादव, लाल गोइत, गोविन्द न्यौपाने, शितल झा, वृहतर जनकपुरधाम क्षेत्र विकास परिषदका अध्यक्ष शितल साह सहितको उपस्थिती थियो ।









तपाईको प्रतिक्रिया