जनकपुरधामस्थित भानु चोकमा भानुभक्तको शालिक पुनः निर्माण गर्न थालेपछि मधेश केन्द्रित दलका युवाहरुले बिरोध प्रदर्शन गरेका छन् ।
जनकपुरधाम उपमहानगरपालिकाको बजारको बिचमा रहेको भानु चोकमा आदिकवि भानुभक्तको शालिक पुनः निर्माण गर्न थालेपछि मधेश केन्द्रीत राजनीतिक दलहरुका युवाहरुले यंयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् । प्रहरीले युवाहरुको बिरोध प्रदर्शन रोक्न खोजेपछि प्रहरी र युवाहरुबिच शनिबार बिहान झडप समेत भएको थियो ।
मधेश आन्दोलनको मर्मविपरित त्यहाँ भानुभक्तको शालिक निर्माण गर्न लागिएको भन्दै शुक्रबार साँझ र शनिबार बिहान जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी निकट युवाहरुले बिरोध प्रदर्शन गर्दै निर्माणमा कार्यमा बाधा पुर्याउँदै अवरोध गरेका छन् । मधेश आन्दोलनको क्रममा भानु चोकमा रहेको भानुभक्तको शालिक तोडफोड गरिएपछि उक्त चोकको नाम सहिद रमेश महतो चोक घोषणा गरिएको थियो ।
२०६२÷०६३ को मधेश आन्दोलनको क्रममा भानुचोकमा रहेको आदिकवी भानुभक्तको शालिक तोडफोड गरि तत्कालै सो चोकलाई मधेश आन्दोलनका प्रथम शहिद रमेश महतो चोक कानुनी र अधिकारिक घोषणा नभएपनि आन्दोलनकर्ताहरुले भानु चोकको विभिन्न स्थानमा रमेश चौक भनेर लेखिदिएका थिए ।
यता, नेपाली कांग्रेस धनुषाका जिल्ला उपसभापति गणेश झाका अनुसार भानुचोकमा भानुभक्तकै शालिक निर्माण गरिए जनकपुरधामको मान सम्मान र पौराणिक दृश्यांकन कायम रहन्छ विगतमा राजनीतिक दलका प्रतिनिधिहरुसँगको सहमतिमा यो चोक पुन निर्माण गर्न थालिएको हो । भानुभक्त कुनै पार्टी, धर्म वा जाती विशेष नभएकोले भानुको शालिक जहाँ निर्माण भएको थियो त्यही निर्माण गर्न लागिएको हो यसमा कुनै राजनीतिक दलले विरोध जनाउनु अवैधानि हो । रमेश महतोको शालिक अन्य स्थानमा निर्माण गर्नमा आफूहरुको साथ सहयोग रहेने उपसभापति झाको भनाई छ ।
राजनीतिक दलका प्रतिनिधिकै रोहबरमा बैठक बसी बोर्डबाट भानुभक्तको शालिक बनाउने निर्णय भएको बताउनुभयो । त्यसै अनुरुप उपभोक्ता समिति गठन गरिएको छ । यस कार्यमा सबैलाई साथ सहयोग गरी शान्तिपूर्ण वातावरणमा कार्य सम्पन्न गर्न आग्रह गर्दै सर्वदलिय समिति निर्माणमा विरोध जनाउने राजनीतिक दललाई वार्ताको लागि आह्वान समेत गरे । जनकपुरधामका प्रमुख साहले पुरानो संरचना शान्तिपूर्ण वातावरण निर्माण हुनु पर्छ, त्यसैले सबैको सहमतिमा कार्य सम्पन्न गर्न सर्वदलिय बैठक बोलाउन प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरे ।
यसअघि लोसपा निकट लोसपा युवा संघ धनुषाका अध्यक्ष प्रशान्त झाको अगुवाईमा सहीद रमेश महतोकै शालिक स्थापना गरिनु पर्ने मागसहित ज्ञापन पत्र बुझाएका थिए ।









तपाईको प्रतिक्रिया