काठमाडौं, वैशाख १८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउन आतुर देखिएका छन् ।
गठबन्धनलाई पाँच वर्ष टिकाउन र सरकारका काम कारबाहीलाई द्रूत गतिमा अगाडि बढाउन लामिछानेको पार्टीलाई सरकारमा सहभागी गराउन प्रचण्ड तयार भएका हुन् ।
माओवादी स्रोतका अनुसार आइतबार लामिछानेसँग प्रधानमन्त्रीले यही विषयमा छलफल गरेका थिए । लामिछानेले साविककै मन्त्रालयमा दाबी गरेपछि प्रधानमन्त्री प्रचण्ड गृह मन्त्रालयसमेत दिन सकिनेसमेतका आवश्वासन दिएको स्रोतको भनाइ छ । तर लामिछानेलाई गृहमा ल्याउँदा माओवादीका वरिष्ठ उपाध्यक्षसमेत रहेका नारायणकाजी श्रेष्ठलाई के गर्ने भन्ने विषयमा प्रचण्ड चिन्तित छन्।









तपाईको प्रतिक्रिया