जनकपुरधाम, वैशाख १८ गते । मधेश प्रदेशमा १० हजार घरपरिवारका लागि रोजगारीको व्यवस्था गर्न भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बसन्त कुशवाहाले संघीय सरकारसँग सहयोग मागेका छन् ।
मन्त्री कुशवाहाले संघीय सरकारलाई एक पत्र लेख्दै १० हजार घरपरिवारका लागि रोजगारीको व्यवस्था गर्न संघ सरकारसँग आग्रह गरेका हुन् ।
आर्थिक बर्ष २०८०÷८१ को बजेटमा संघीय सर्शत अनुदानका लागि झण्डै ७ अर्ब रुपैयाँ बराबरको कार्यक्रम संघीय कृषि मन्त्रालय अन्तर्गत समावेश गर्न परियोजनाको बिवरणसहित उनले मन्त्रालयमा बुझाएका हुन् ।
बजेट सिलिंगका कारण कतिपय कार्यक्रम प्रदेश सरकारको कृषि मन्त्रालयबाट सम्भव नरहेको भन्दै उनले संघीय सरकारको कृषि मन्त्रालयलाई गुहार लगाएका छन् ।
तपाईको प्रतिक्रिया