काठमाडौं, वैशाख १८ गते । सगरमाथा आरोहणमा इतिहासकै सबैभनदा बढी आरोही यस वर्ष रहेका छन् ।
वसन्त ऋतुको यो यामको सगरमाथा आरोहणका लागि हालसम्मकै सबैभन्दा बढीले अनुमति लिएका हुन् ।
हिमाल आरोहणका लागि वसन्त ऋतु उपयुक्त समय मानिएकाले आरोहणका लागि यतिखेर उल्लेख्य सङ्ख्याका आरोहीहरु सगरमाथा क्षेत्रमा पुगिसकेका छन्।
पर्यटन विभागका अनुसार यस पालीको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि हालसम्म ४३ आरोही समूहका चार सय ६६ आरोहीले अनुमति लिएका छन्। उनीहरुमध्ये ९८ महिला र तीन सय ६८ पुरुष छन्।
जुन सगरमाथा आरोहणको ७० वर्षे लामो इतिहासमा यो यामको आरोहणमा सबैभन्दा बढी आरोहीको सङ्ख्या हो। सगरमाथा आरोहणका लागि सन् २०२२ मा ४४ समूहका ३२३ र सन् २०२१ मा ४२ समूहका ४०९ जनाले अनुमति लिएको पर्वतारोहण शाखाका शाखा अधिकृत विज्ञान कोइरालाले बताए ।









तपाईको प्रतिक्रिया