जनकपुरधाम, जेठ १५ गते । गणतन्त्रको दिवसको अवसरमा गणतन्त्र नेपालका प्रथम शहिद दुर्गानन्द झाको स्मारक अनावरण भएको छ ।
धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. २३ स्थित सोमबार १६ औं गणतन्त्र दिवसको अवसरमा अमर शहिद दुर्गानन्द झा स्मारक समितिद्वारा आयोजित कार्यक्रममा गणतन्त्रका प्रथम शहिद एवं महानायक दुर्गानन्द झाको प्रतिमा अनावरण गरिएको हो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका प्रजातन्त्र प्रेस स्वतन्त्रता सेनानी एवं वरिष्ठ पत्रकार राजेश्वर नेपालीद्वारा गणतन्त्रका प्रथम शहिद दुर्गानन्द झाको प्रतिमा अनावरण गरिएको हो ।
राजेश्वर नेपालीको स्वास्थ्य अवस्था अनुकुल नरहेका कारण उहाँका छोरा राघवेन्द्र साहले नेपालीको सन्देश पत्र पढ्नु भएको थियो । उक्त सन्देश पत्रमामा,‘ जनकपुर बौद्धिक समाजका अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी राजेश्वर नेपालीले २०६५ साल असार ९ गते अमर शहिद दुर्गानन्द झा स्मारक समिति गठन गरी आदमकद ६ फिट १ इन्च अग्लो स्मारक निर्माण गराउन लिएको संकल्प १४ वर्ष पछि आज १६ औं गणतन्त्र दिवसको अवसरमा पूरा भएकोमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैमा हृदयदेखि साधुवाद, लेख्नुभएको छ ।
वि. स. १९९७ सालका चार अमर शहिदहरु जस्तै २२० पुस १० मा अदालती निर्णयबाट तत्कालीन राजाबाट सदर गरिएपसछि शहिद सप्ताहको छैठौं दिनको अवसरमा २०२० माघ १५ गते २१ वर्ष ९ महिनाको उमेरमा नेपालको इतिहासमै प्रथम पटक कुनै ब्राह्मणलाई मृत्युदण्डको सजाय दिइएकोले शहिद स्मारक चार अमर शहिदहरुकै श्रेणीमा झालाई राखिने माग मैले उठाउँदा पनि त्यो आजसम्म पूरा हुन सकेको छैन । नेपालीको सन्देशमा भनिएको छ ।
तत्कालीन राजाबाट नेपालको इतिहासमा प्रथम पटक मृत्यदण्डको सजाय पाएका ब्राह्मण परिवारका सदस्य दुर्गानन्द झाको ६ फिट १ इन्च अग्लो प्रतिमा अनावरण गरिएको हो । स्मारक निर्माण समितिको स्थापना भएको १४ वर्षपछि १६ औं गणतन्त्र दिवसको अवसरमा प्रतिमा अनावरण गरिएको हो ।
निरंकुश शासन अन्त्यका लागि झाले २०१८ साल माघ ९ गते तत्कालीन राजामाथि बम प्रहार गरेपछि उहालाई मृत्युदण्डको सजाय सुनाइएको थियो । शहिद झाको पूर्ण कदको स्मारकका लागि गत माघ १५ गते स्वतन्त्र सेनानी राजेश्वर नेपाली र वडा नं २३ का वडा अध्यक्ष समेत रहनु भएका राघवेन्द्र साहले शिलान्यास गर्नुभएको थियो ।
वडा नं. २३ का अध्यक्ष साहको अध्यक्षता अमर शहिद दुर्गानन्द झा स्मारक समितिद्वारा आयोजित उक्त कार्यक्रममा प्रदेश सभा सदस्यहरु रामसरोज यादव र दिपेन्द्र ठाकुर, धनुषाका प्रमुख जिल्ला अधिकारी समेतले आफना् मनतव्य राख्नु भएको थियो भने कार्यक्रममा धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्का, जिउँदो शहिदका रुपमा चिनिने ललन चौधरी लगायतको उपस्थिति रहेको थियो ।









तपाईको प्रतिक्रिया