जनकपुरधाम, जेठ २० गते । जनकपुरधाममा तीन दिने विमर्श कार्यक्रम मार्फत भाषा, संस्कृति, समाज, पर्यावरण र साहित्यमाथि चर्चा हुने भएको छ ।
यहि जेठ २६, २७ र २८ गते आयोजना हुन लागेको विमर्श कार्यक्रममा नेपाल र भारतका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा चर्चा परिचर्चा गरिनेछ ।
विमर्श फाउण्डेशनद्वारा शनिबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा मार्फत सो कार्यक्रमको आयोजना गरिने जनाइएको छ ।
उक्त विमर्श कार्यक्रममा नेपाल तथा भारतका विशिष्ट व्यक्तिहरुले भाषा, संस्कृति, समाज, पर्यावरण र साहित्यमाथि चर्चा परिचर्चा गर्ने फाउण्डेशनका अध्यक्ष विभा झाले जानकारी दिनुभयो ।
जनकपुरधाम उपमहानगरपालिकास्थित मिथिला यात्री निवासको सभाहलमा कार्यक्रमको आयोजना गरिने विमर्श फउण्डेशनका अध्यक्ष विभा झाले जानकारी दिनुभयो ।
नेपोभिट टायल्सको प्रायोजनमा यो विमर्श कार्यक्रम हुन लागेको हो ।









तपाईको प्रतिक्रिया