कैलाली, असार २५ गते ।  कैलालीमा ७ जना जुवाडे पक्राउ परेका छन् ।

गोदावरी नगरपालिका–२ महेन्द्रनगर रोडमा प्रेम बोहराले सञ्चालन गरेको सिगाँस होटलमा जुवातास खेलिरहेको अवस्थामा उनीसहितका ७ जनालाई पक्राउ गरिएको हो ।

उनीहरूको साथबाट २७ हजार ६ सय रूपैयाँ नगद र तासको गड्डी बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।