कञ्चनपुर, असार २५ गते । कञ्चनपुरमा डुबेर बृद्धको मृत्यु भएको छ ।

जिल्लाको वेदकोट नगरपालिका–१० नयाँ गाउँका ६० वर्षीय नवलसिंह रावलको आइतवार नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बनकट्टी खोला र चौधर नदीको दोभानमा डुबेर उनको मृत्यु भएको हो । मृतकको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।