TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

बटेश्वर गाउँपालिकामा पहिलो पटक पालिका स्तरिय वक्तित्वकला प्रतियोगिता सञ्चालन, प्रथम, द्वतीय र तृतीयमा छात्रा


बटेश्वर गाउँपालिकामा पहिलो पटक पालिका स्तरिय वक्तित्वकला प्रतियोगिता सञ्चालन, प्रथम, द्वतीय र तृतीयमा छात्रा
ADVERTISEMENT

जनकपुरधाम, माघ १९ गते । धनुषाको बटेश्वर गाउँपालिकास्थित श्री शिवशक्ति माध्यमिक विद्यालयले पहिलो पटक आयोजना गरेको पालिकास्तरिय वक्तित्वकला प्रतियोगितामा सोही विद्यालय कक्षा दशकी छात्रा चाँदनी कुमारी प्रथम हुनुभएको छ ।


विद्यालय तहका बालबालिकाहरुको चौतर्फी विकासका लागि शिवशक्ति माध्यमिक विद्यालयले ‘सामुदायिक विद्यालयको वर्तमान अवस्था , चुनौती र सम्भावना’ शिर्षकमा शुक्रबार पहिलो पटक आयोजना गरेको पालिकास्तरिय वक्तित्वकला प्रतियोगिता सोही विद्यालयकी छात्रा चाँदनी कुमारी प्रथम हुनुभएको हो ।

यस्तै द्वतीयमा शिवशक्ति मावि कक्षा दशकी छात्रा सपनाकुमारी महतो र तृतीय जनप्रिय माविकी छात्रा नेहा यादव हुनुभएको छ । उक्त वक्तित्वकला प्रतियोगितामा पालिकाका चारवटा सामुदायिक माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई सहभागी गराइएको थियो । जसमा तीन छात्र र पाँच जना छात्रा गरी जम्म आठ जना विद्यार्थीहरुलाई रहेका थिए । ‘सामुदायिक विद्यालयको वर्तमान अवस्था , चुनौती र सम्भावना’ शिर्षकमा प्रतियोगितामा सहभागी विद्याथीहरुले आफ्नो प्रस्तुति दिएका थिए ।

पालिकास्तरिय वक्तित्वकला प्रतियोगितामा उपस्थित बटेश्वर गाउँपालिकाका उपप्रमुख फुलकुमारी महतोले विद्यालयमा अतिरिक्त क्रियाकलापलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । उहाँले यस्ता क्रियाकलापले विद्यालयमा विद्यार्थीहरुको रुचि समेत बढ्नुका साथै विद्यार्थीहरुको व्यक्तित्व विकासमा पनि मदत पुग्ने हुँदा पालिकाको प्रत्येक विद्यालयमा यस्ता क्रियाकलाप गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

विद्यालय तहका बालबालिकाका लागि वक्तित्वकला प्रतियोगिता आवश्यक रहेको भन्नुहुँदै पालिकाका शिक्षा शाखा प्रमुख रामलाल महतोले आगामी दिनमा पालिकाको अन्य विद्यालयमा यस्ता कार्यक्रमको आयोजना गर्नुपर्ने बताउनुभयो । उहाँले यो प्रतियोगिताले विद्यालर्थीहरुले आफ्नो क्षमता समेत प्रस्तुत गर्ने मञ्च पाउने हुँदा यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।

यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिन्दीलाल महतोले पालिको चारवटा मावि विद्यालयमध्ये शिवशक्ति माविले विगतका दिनभन्दा विद्यालयका गतिविधिमा सुधारसँगै विद्यालयका अन्यक्रियाकलापले पनि तिव्रता लिएको बताउनुभयो । वक्तित्वकला प्रतियोगिताले बालबालिकामा बोल्ने क्षमताको विकास समेत हुने हुँदा यस्ता कार्यक्रम अन्य विद्यालयमा सञ्चालन गर्नमा जोड दिनुपर्ने बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक प्रमोदशरण केवटले बालबालिकाको व्यक्तित्व विकासका लागि विद्यालयमा हाजिर जवाफ, वक्तित्वकला, चित्रकला, सांगीतिक कार्यक्रम हुन आवश्यक हुँदा यस विद्यालयले प्रत्येक शुक्रबार नियमित अतिरिक्त क्रियाकलाप गराउने गरेको छ । विद्यालयमा गराईने यस्ता क्रियाकलापले विद्यार्थीहरुको पढाइमा रुचि समेत देखिएको बताउनुभयो । उहाँले भन्नुभयो विद्यालय स्तरका बालबालिकोको चोतर्फी विकासका लागि लागि विद्यालयमा गराइने अतिरिक्त क्रियाकलापको पनि महत्वपूर्ण भूमिका रहेका हुन्छ । यसले भविष्यमा विद्यार्थीहरुलाई मासमा गएर निर्धक्क भएर बोल्ने बानीको समेत विकास हुन्छ । त्यसकारण शैक्षिक अवस्था सुधारको लागि पढाई सँगै अतिरिक्त क्रियाकलापमा पनि सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताउनुभयो । प्राध्यापक केवटले यस्ता क्रियाकलाप आगामी दिनमा विद्यालयमा निरन्तर सञ्चालन हुने समेत बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महतोको अध्यक्षतामा आयोजित उक्त वक्तित्वकला प्रतियोगितामा शिवशक्ति विद्यालय व्यवस्थापन समितिका सदस्य, सल्लाहकार समितिका सदस्य, विद्यालयका विद्यार्थी तथा शिक्षकहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

Related Posts

समावेशी मूल्य जोगाएर संघीय लोकतन्त्र सुदृढ बनाउनुपर्ने डा. यादवको सुझाव
Headline

समावेशी मूल्य जोगाएर संघीय लोकतन्त्र सुदृढ बनाउनुपर्ने डा. यादवको सुझाव

April 22, 2025
जानकी नवमीलाई राष्ट्रिय पर्व घोषणा गर्न माग
Headline

जानकी नवमीलाई राष्ट्रिय पर्व घोषणा गर्न माग

April 20, 2025
नेपाल मधेशी निजामती कर्मचारी मञ्चको नवनिर्वाचित अध्यक्षद्वारा ११ बुँदे घोषणापत्र सार्वजनिक
Headline

नेपाल मधेशी निजामती कर्मचारी मञ्चको नवनिर्वाचित अध्यक्षद्वारा ११ बुँदे घोषणापत्र सार्वजनिक

March 23, 2025
जनकपुरधामका किराना तथा होटेल व्यवसायीलाई पाँचदेखि दश हजार जरिवाना
Headline

जनकपुरधामका किराना तथा होटेल व्यवसायीलाई पाँचदेखि दश हजार जरिवाना

March 7, 2025
मधेश प्रदेशकै ठूलो वाटरपार्क धनुषामा
Headline

मधेश प्रदेशकै ठूलो वाटरपार्क धनुषामा

March 6, 2025
महासेठ सेवा समितिद्वारा निःशुल्क स्वास्थ्य सिविर सम्पन्न
प्रदेश २

महासेठ सेवा समितिद्वारा निःशुल्क स्वास्थ्य सिविर सम्पन्न

February 21, 2025
Next Post
शिवशक्ति माविको शिव र शक्ति भवनको उद्घाटन

शिवशक्ति माविको शिव र शक्ति भवनको उद्घाटन

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य