TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

चुरे दिवसको उपलक्ष्यमा कमल सामुदायिक वनमा वृक्षरोपण

चुरेको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गर्दै रैथाने प्रजातिका एक हजार भन्दा बढी बिरुवा रोपिएका छन्


चुरे दिवसको उपलक्ष्यमा कमल सामुदायिक वनमा वृक्षरोपण
ADVERTISEMENT

जनकपुरधाम, असार २ गते ।
चुरे दिवसको उपलक्ष्यमा चुरे उत्थानशील आयोजना र कमल सामुदायिक वनले इलामको कमल सामुदायिक वनमा वृक्षरोपण गरेका छन् ।
चुलाचुली–१ स्थित कमल खोला किनारको बाँझो जमीनमा चुरे पहाडको फेदमा बाँस, अम्बा, अमला, जामुन, लगायतका रैथाने प्रजातिका १००० बिरुवा रोपिएका हुन् ।
सव डिभिजन वन कार्यालय चुलाचुली, सव डिभिजन वन कार्यालय बेलबारी, र डिभिजन वन कार्यालय त्रिवेणी उदयपुरले सहयोग गरेको उक्त कार्यक्रममा चुरे उत्थानशील आयोजनाले बिरूवा उपलब्ध गराएको हो ।
“तराईमा नेपालका आधा जनसङ्ख्या बस्छन्, जसले सारा नेपालका लागि अन्न उत्पादन गर्छन् । तराई जोगिएन भने यी सब मानिसको जीवन तथा जीविका जोखिममा पर्छ । त्यसैले चुरे क्षेत्र जोगाउने हाम्रो प्रतिबद्धता छ,” प्रमुख अतिथि तथा चुरे उत्थानशील आयोजनाका राष्ट्रिय निर्देशक नबराज पुडासैनीले भन्नुभयो ।


पछिल्लो समयमा वनविनाश, नदीजन्य पदार्थको उत्खनन्, लगायतका मानवीय गतिविधिका कारणले चुरेको क्षेत्रको वातावरण खस्किरहेको, र चुरे क्षेत्रमा बाढी, पहिरो आउने, पानीका मूल सुक्ने, नदी कटानले घर भत्काउने र खेतलाई बञ्जर बनाउने लगायतका समस्या बढ्दै गइरहेको स्थानीयवासीको गुनासो छ । यस्तो सन्दर्भमा वृक्षनरोपणले चुरे क्षेत्रमा केही सुधार गर्नेमा स्थानीयवासी उत्साहित छन् । “पहिले चुरे क्षेत्रमा पानी थियो। अहिले १०० फिट भन्दा गहिरो बोरिङ गर्दा पनि पानी पाइँदैन । अब हामीले वृक्षरोपण गरेर यो क्षेत्रलाई पहिलेको जस्तो बनाउने कोशिश गर्नुपर्छ। आयातीत प्रजातीले यहाँको उर्वराशक्ति घटाउने हुँदा रूख रोप्दा स्थानीय प्रजाती छान्नुपर्छ,” वडा १ का कार्यवाहक वडाध्यक्ष लालबहादुर चाम्लिङ बताउनुभयो ।
यो क्षेत्रको संरक्षण पछिल्लो समयमा नेपाल सरकारको प्राथमिकतामा पर्दै आएको छ । १० वर्ष अगाडि असार २ गतेलाई चुरे दिवस घोषणा गरियो । तत्कालीन राष्ट्रपति रामवरण यादवले राष्ट्रपति चुरिया तराई मधेश संरक्षण तथा विकास समिति अन्तर्गत संरक्षणका विभिन्न काम भइरहेका छन। “चुरे क्षेत्रको माटो अत्यन्त कमलो छ । पानी नुहँदा ढुङ्गा जस्तो साह्रो हुन्छ, पानी परेपछि गल्छ, अनि बगेर गइहाल्छ। यो माटोको संरक्षण गर्न सकिएन भने हामीले उर्वर, मलिलो माटो गुमाउँछौँ । त्यसकारण चुरेको संरक्षण गर्नका लागि एकीकृत भएर लाग्नुपर्ने छ,” आयोजनाका कोशी प्रदेश संयोजक राजकुमार गुप्ताले भन्नुभयो ।

चुरे उत्थानशील आयोजनाले चुरे क्षेत्रका २६ वटा नदी प्रणालीमा जलवायु उत्थानशीलको वृद्धि गर्ने उद्देश्यले विभिन्न कार्य गर्दै आएको छ । वातावरण संरक्षण तथा जलवायु उत्थानशीलतामा चुरे उत्थानशील आयोजनाको निरन्तर कार्य अन्तर्गत वृक्षरोपण गरिएको हो । चुरे उत्थानशील आयोजनाले आफ्नो कार्यक्षेत्रमा नर्सरी स्थापना तथा वृक्षरोपण गर्दै आएको छ । हाल कोशी प्रदेशमा आयोजनाका ७ वटा नर्सरी रहेका छन् जसमा कूल ४ लाख भन्दा बढी बिरुवा रहेका छन्। यी बिरूवामा रैथाने प्रजातिलाई प्राथमिकता दिइएको छ, र बिरुवा रोप्न चाहने मानिसलाई यी बिरुवा निःशुल्क वितरण गरिनेछन् ।

वृक्षरोपण गरेर वनक्षेत्र बढाउँदै लाने योजना रहेको कमल सामुदायिक वनले बताएको छ। ”वरृक्षरोपण गरेर हामी वनलाई फेरी हराभरा बनाउन चाहन्छौँ। भविष्रयमा यी बिरूवा हुर्काउने र अझै बिरूवा रोप्ने हाम्रो योजना रहेको छ,” कमल सामुदायिक वनकी अध्यक्ष सङ्गीता थलङले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

Related Posts

निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा
प्रदेश २

परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा

March 1, 2026
Next Post
विपद् व्यवस्थापनका कार्यक्रम विद्यालयस्तरबाट सञ्चालन गर्न आग्रह ः मुख्यमन्त्री सिंह

विपद् व्यवस्थापनका कार्यक्रम विद्यालयस्तरबाट सञ्चालन गर्न आग्रह ः मुख्यमन्त्री सिंह

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य