TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

जनकपुरधामका प्रमुख साहको प्रतिबद्धता पुरा भएन, फोहोर व्यवस्थापन जटिल बन्दै


जनकपुरधामका प्रमुख साहको प्रतिबद्धता पुरा भएन, फोहोर व्यवस्थापन जटिल बन्दै
ADVERTISEMENT

जनकपुरधाम, असार ५ गते । स्थानीय तहको निर्वाचन अघि पहिलो प्राथमिकतामा रहेको जनकपुरधामको फाहोर व्यवस्थापनको समसया तीन वर्ष हुँदा पनि पुरा हुन सकेको छैन ।


जनकपरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले वि.स. २०७९ को स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मदवारी दिँदै निर्वाचित भएपछि जनकपुरधामको जटिल समस्याको रुपमा रहेको फोहोर व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राख्ने बताउनुभएको थियो र साथै उहाँले फोहोरबाट मोहोर ल्याउने र कम्पोष्ट मल बनाउने प्रतिवद्धता जनाउनु भएको थियो । तर, आज निर्वाचित भएको तेस्रो वर्षमा पनि उहाँले आफ्ना प्रतिवद्धता पुरा गर्न सक्नु भएको छैन । उतिबेला फोहोरको मुद्दलाई लिएर विगतका जनप्रतिनिधिहरुले काम गर्न नसकेका भन्दै खेदो गर्नुभएको थियो । तर, आफू निर्वाचित भएको तेस्रो वर्षसम्म पनि निर्वाचनका प्रतिवद्धता पुरा गर्न सक्ुन भएको छैन ।

उपमहानगर प्रमुख साह निर्वाचित भएपछि फोहोर व्यवस्थापनका लागि भनेर सफाई कर्मचारी र फोहोर व्यवस्थापनका लागि नयाँ सवारी साधन थप्नुभयो । तर, जनकपुरधामको फोहोरको अवस्था भने जस्ताको त्यस्तै छ । खरिद गरिएका गाडी र नया भर्ति भएका सफाई कर्मचारीले मुख्य बजार, चोक र सडक बाहेक अन्तको फोहोर उठाएका छैनन् ।

जनकपुरधामका सडक चौडा भए, सौन्दर्यीकरणको नाममा पोखरीका डिलमा कंक्रिट र टायल्स मार्वल लगाइयो, बेलाबखत सफाई अभियान पनि सञ्चालन हुन्छ, सरफाइका लागि फोटो सेसन पनि हुन्छ तर, हुन नसकेको भनेको यहाँको फोहोर व्यवस्थापन । अहिले पनि जनकपुरधामवासीले पुरानै पारामा त्यही पोखरी र घर छेउछाउ रहेको खाल्डाखुल्डी तथा खाली जमिनमा फोहोर थुपार्ने गरेका छन् । भन्छन्,“उपमहानगरपालिकाले फोहोर व्यवस्थापनका लागि कुनै आधार तयार पारको छैन, काहाँ फोहोर फाल्ने, त्यही भएर जहाँ सुविधा हुन्छ, जहाँ खाली ठाउँ देखिन्छ त्यही फाल्ने गरेका छौं ।” उपमहानगरपालिकाले सफाई अभियान सञ्चालन गर्यो रे, सफाई कर्मचारी थप्यो र,े फोहोर उठाउनका लागि नयाँ गाडी खरिद गरेको छ रे, तर, हामी काहाँ आजसम्म कुनै गाडी फोहोर उठाउन आएको छैन, न कुनै जानकारी नै आएको जनकपुरधामवासी बताउछन् ।

जनकपुरधामका प्रमुख साह भने जनकपुरधामको फोहोर व्यवस्थापनमा केन्द्रिय गुठीसंस्थान बाधक बनेको अरोप लगाउँदै आउनुभएको छ । उहाँ भन्नुहुन्छ,“केन्द्रिय गुठी संस्थानले फोहोर व्यवस्थापनका लागि जनकपुरधाम उपमहानगरपालिकालाई जग्गा उपलब्ध नगराउँदा यहाँको फोहोर व्यवस्थापनको समस्या समाधान हुन नसकेको हो ।” फोहोर व्यवस्थापनका लागि जग्गा उपलब्ध गराइदिने बारे संस्थालाई पत्राचार गरेको वर्षदिनभन्दा बढी भयो तर, केन्द्रिय गुठी संस्थानले जग्गा उपलब्ध नगराउँदा यहाँको फोहोर व्यवस्था हुन नसकेको जनकपुरधामका प्रमुख साहको भनाई छ ।

हामीले बेलाबखत फोहोर जथाभावी नफालौं भनेर अभियान समेत सञ्चालन समेत गर्दै आएका छौं, प्रत्येक पहसलमा गएर हात समेत जोडेका छौं तर, पनि जनकपुरवासीले हामीलाई साथ दिइ रहेका छैनन्, ‘साह भन्नुहन्छ ।’ नगर सफा राख्ने दायित्व सम्पूर्ण नगरवासीको हो, उपमहानगरपालिकाको मात्रै होइन, त्यसकारण उपमहानगरलाई सफा, सुन्दर र स्वच्छ बनाउन उपमहानगरपालिका भित्र बसोवास गर्ने प्रत्येक नागरिकले यहाँको फोहोर व्यवस्थापनको जिम्मेवारी लिनुपर्ने हुन्छ अनि मात्र फोहोर व्यवस्थापन सम्भव हुँन्छ ।’
उहाँले वडा अध्यक्षहरुले साथ नदिँदा पनि फोहोर व्यवस्थापनमा कठिनाई भइरहेको बताउनुभएको छ । साले भन्नुभयो,“वडा अध्यक्षज्यूहरुले आफ्नै वडामा पनि फोहोर संकलन गरेका छैनन्, फोहोर व्यवस्थापनको जिम्मेवारी वडालाई दिइएको छ ।”
जनकपुरधामको फोहोर व्यवस्थापनका लागि उपमहानगरपालिकाले अब पब्लिक प्राइभेट पार्टनरसिपमा काम गर्ने प्रमुख साहले बताउनुभयो । जहाँ जग्गा भएका प्राइभेट संस्थाहरुको लागि टेन्डर आह्वान गरेर, योग्य कम्पनीलाई छनोट गरि फोेहोर व्यवस्थापन गर्नेछौ,‘उहाँले भन्नुभयो । गत वर्ष पनि फोहोर व्यवस्थापनका लागि टेन्डर आह्वान गरेका थियौं । तर, टेन्डर भर्नेमा योग्या संस्था नै आएनन्, त्यसकारण त्यो प्रक्रिया त्यही स्थगित गर्नुपरेको हो ।”

“जनकपुरधामलाई धार्मिक पर्यटकिय नगरी भनिरहँदा, धार्मिक नगरीबाट परिवर्तन गरेर फोहोरी नगरी भन्नुपर्ने अवस्था आउने बेला भएको छ । यहाँ आउने पर्यटक छि छि जनकपुरधाम भन्दै नाम खुम्चाएर फर्किने गरेका छन् । कस्तो फोहोर हो जनकपुरधाम । यहाँ सरसफाई हुँदैन कि क्या हो । जहिले आउँदा पनि उस्तै फोहोर हुन्छ त्यही भएर यहाँ आउन मन लाग्दैन ।” गर्मीसँगै यहाँ थुपारिएका फोहोर गन्हाएर बसिनसक्नु छ’, पर्यटक भन्छन्,“मन्दिर जानकी मन्दिर दर्शनका लागि मात्र जनकपुरधाम आइन्छ, किनकी यहाँका बाटोघाटो र पोखरीहरु उत्तिकै दुर्गन्धित र मच्छर पनि उत्तिकै छन्, त्यसकारण यहाँ बास बस्न मन लाग्दैन ।”

जनकपुरधाम आउने पर्यटकहरुको यस्तो भनाईले कसरी जनकपुरधामलाई पर्यटकिय नगरीको रुपमा विकास गर्न सकिन्छ ? यहाँ आउने पर्यटकको सकारात्मक सोचले जनकपुरधामको प्रचारप्रसार हुने हो ।

जनकपुरधामको सफाई अभियानमा प्रहरी प्रशासन, सेना, सशस्त्र प्रहरी, नगर प्रहरी, सफाई कर्मचारी तथा सफाई अभियन्ता समेतको संलग्नता देखिन्छ तर, पनि सफा हुन सकेको छैन जनकपुरधाम ।

त्यति मात्र नभएर युवा क्लव तथा सफाई अभियन्ता पनि यही छन् तर, पनि मधेश प्रदेशको राजधानी समेत रहेको जनकपुरधाम उपमहानगरपालिको क्षेत्रभिका फोहोर व्यवस्थापन हुन सकेको छैन ।

उपमहानगरापलिकाको फोहोर व्यवस्थापनको इन्धनमा मात्र वर्षेनी एक करोडभन्दा बढी रकम खर्च भइरहेको छ भने एक सय २५ जनाभन्दा बढी करारका सरसफाई कर्मचारी छन् । यस्तै पालिकामा फोहोर वयवस्थापनका लागि भनेर २५ वटाभन्दा बढी फोहोर बोक्ने गाडी सञ्चालन गरिएको छ । तर, फाहोर व्यवस्थापन भने हुन सकेको छैन । फोहोरले यहाँका गल्लीकुच्ची र खुला स्थान भरिएका छन् । समयसँगै बाँकी रहेका खुला स्थान समेत फोहोरले भरिन थालेका छन् । उपमहनरापलिककाले पुरानै फोहोर थुपारिएका स्थान सफा गर्न सकेको छैन भने नयाँ ठाउँमा थुपारिएका फोहोर कहिले सफा गर्ने होला भन्ने प्रश्न सबैको मनमा छ ।

तपाईको प्रतिक्रिया

Related Posts

८औं सडक सुरक्षा सप्ताहः जनकपुरधाममा सडक सुरक्षासम्बन्धि सचेतना कार्यक्रम सम्पन्न
Headline

८औं सडक सुरक्षा सप्ताहः जनकपुरधाममा सडक सुरक्षासम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

May 18, 2025
समावेशी मूल्य जोगाएर संघीय लोकतन्त्र सुदृढ बनाउनुपर्ने डा. यादवको सुझाव
Headline

समावेशी मूल्य जोगाएर संघीय लोकतन्त्र सुदृढ बनाउनुपर्ने डा. यादवको सुझाव

April 22, 2025
जानकी नवमीलाई राष्ट्रिय पर्व घोषणा गर्न माग
Headline

जानकी नवमीलाई राष्ट्रिय पर्व घोषणा गर्न माग

April 20, 2025
नेपाल मधेशी निजामती कर्मचारी मञ्चको नवनिर्वाचित अध्यक्षद्वारा ११ बुँदे घोषणापत्र सार्वजनिक
Headline

नेपाल मधेशी निजामती कर्मचारी मञ्चको नवनिर्वाचित अध्यक्षद्वारा ११ बुँदे घोषणापत्र सार्वजनिक

March 23, 2025
जनकपुरधामका किराना तथा होटेल व्यवसायीलाई पाँचदेखि दश हजार जरिवाना
Headline

जनकपुरधामका किराना तथा होटेल व्यवसायीलाई पाँचदेखि दश हजार जरिवाना

March 7, 2025
मधेश प्रदेशकै ठूलो वाटरपार्क धनुषामा
Headline

मधेश प्रदेशकै ठूलो वाटरपार्क धनुषामा

March 6, 2025
Next Post
धनौजी गाउँपालिकाले ३४ करोड बढीको बजेट ल्यायो

धनौजी गाउँपालिकाले ३४ करोड बढीको बजेट ल्यायो

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य