जनकपुरधाम, असार ८ गते । धनुषाको धनौजी गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ का लागि ३४ करोड ६८ लाख ७१ हजार रुपियाँको बजेट सार्वजनिक गरेको छ ।
धनौजी गाउँपालिकाले “आफ्नो कर्तब्य बोध भएका जनता हजार, सक्षम र समृद्ध धनौजी गाउँपालिकाको आधार” मुल नाराका साथ एघारौं बजेट तथा नीति कार्यक्रममा गाउँपालिका अध्यक्ष राजकुमार साहले आर्थिक वर्ष २०८१÷०८२ का लागि ३४ करोड ६८ लाख ७१ हजार रुपियाँको बजेट सार्वजनिक गर्नुभएको हो ।
अध्यक्ष साहले प्रस्तुत गर्नुभएको नीति कार्यक्रममा गाउँपालिकामा एक गाउँपालिकास्तरीय रंगशाला निर्माण गर्न अध्ययन तथा पहल गरिनेछ, गाउँपालिका सडक तथा बजार क्षेत्रमा जानसहभागितामा आधारित सौर्य बत्ती जडान गर्न प्राथमिकता दिइने, सक्षम तथा अनुशासित बालबालिका, धनौजी गाउँपालिकाको आवश्यकता “ को नारालाई सार्थक बनाउने, सर्पदंश उपचारको लागि पालिकाभित्र उपचारकेन्द्र स्थापना गरिने, गाउँपालिकामा १० शैयाको अस्पताल निर्माणको लागि पहल गरिने तथा कृषकहरुलाई सिचाईको समस्याबाट मुक्त गर्न यसै आ.व. ०८१÷०८२ बाट सम्पूर्ण कृषकहरुको कृषिमिटरमा उठेको विल भुक्तानी पालिकाले गरिदिने व्यवस्था गरिनेछ घोषणा गरिएको छ ।
तपाईको प्रतिक्रिया