TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

जनकपुरधामको राजदेवी मन्दिरमा विभिन्न कार्यक्रमको आयोजनासहित विजया दशमी


जनकपुरधामको राजदेवी मन्दिरमा विभिन्न कार्यक्रमको आयोजनासहित विजया दशमी
ADVERTISEMENT

जनकपुरधाम, असोज १७ गते । जनकपुरधामको शक्तिपीठ राजदेवी मन्दिरमा विभिन्न कार्यक्रमको आयोजनासहित विजया दशमी भव्यताका साथ मनाउने तयारी भएको छ ।
जनकपुरधामको राजदेवी मन्दिरमा विजया दशमीको पूजा व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी सम्हाल्दै आएको महावीर युवा कमिटीले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै विजया दशमी २०८१ को अवसरमा राजदेवी मन्दिरमा विशेष पूजा, रमाइलो मेला लगायतका कार्यक्रमको आयोजना गर्दै दशैं भव्यताका साथ मनाउने तयारी भएको जनाएको हो ।
कमिटीका अध्यक्ष अजयकुमार गुप्ताका अनुसार पर्यटक लक्षित राजदेवी मन्दिरको पूजालाई विशेष ध्यान दिएको छ । जसमा सुरक्षाका दृष्टिकोणले विभिन्न स्थानमा सिसिटिभी क्यामेरा जडान गरि निगरानी राखिने छ भने पर्यटक मनोरञजनका लागि रमाइलो मेला, बालबालकाका लागि खेलका सामग्रीहरु समेतको अयोजना गरिएको छ ।
यस्तै दशैंभरी अयोजना हुने कार्यक्रमलाई सुरक्षित र व्यवस्थित बनाउन विभिन्न १३ वटा उपसमिति विभाजनक गरिएको छ, जसले पूजा व्यवस्थापनलाई थप व्यवस्थित बनाउन मदत पुने छ । ती समतिहरुले विभाजित कार्यहरु गर्ने उहाँले जानकारी दिनुभयो । समितिहरु क्रमसः मूलपूजा व्यवस्थापन समिति, कालरात्री पूजा, सुरक्षा, प्रसाद र महाप्रसाद, खोइँच भराई, भव्य सिंगार, लाइन व्यवस्थापन, लंका दहन र रावनबध, खाना व्यवस्थापन, विजय जुलुस, रमाइलो मेला, विज्ञापन, मन्दिर परिसर स्वच्छता र सरसफाइलगायतको समिति बनाइएको छ, जसले मनिदर पूजालाई थप व्यवस्थित बनाउना मदत पुग्ने छ ।
यस्तै नेपाल सरकारको पंचाङ्ग अनुसार विभिन्न पूजाको आयोजना गरिएको छ । असोज १७ गते विहीबार घटस्थापनादेखि दशमीसम्मका कार्यक्रम पञ्चांग अनुसार नै तय गरिएको छ । २२ गते पञ्चमी भैरव यात्र, २४ गते फुपाती बेलतोरी, सप्तमीको दिन साँझ ६ बजे माता राजदेवीको भव्य श्रृंगार गरिनेछ भने अष्टमी र नवमी एकैदिन परेका कारण अष्टमी साँझ ७ बजेदेखि बोका बली प्रदान कार्यक्रम आयोजना गरिने छ । २६ गते दशमी दिनको विहान ११ः ३० बजेदेखि सुरुहुने छ भने सोही दिन दिउँसो ३ बजे विजयी जुलुस, साँझ साढे ७ बजे रावणवध, कन्या भोजन र प्रसाद वितरण कार्यक्रम रहेको छ ।
यसैगरी राजदेवी मन्दिरमा चढाइने बोका बलीको रसिदको रकम परिमार्जित गरेर ३ सय रुपियाँ कायम गरिएको छ भने विगत दश वर्ष देखि बोका बली रसिदवापत दुई सय रुपियाँ लिने गरिएको थियो । कमिटीले निरन्तर ३४ वर्षदेखि मन्दिर परिसरमा सेवा गर्दै आएको छ ।
बोकाबली पश्चातको रगत व्यवस्थापनका लागि जनकपुरधाम उपमहानगरपालिकाले १७ हजार बोराको व्यवस्था गरेको छ ।
मन्दिरको पूजालाई विगतका वर्षभन्दा उत्कृष्ट बनाउन व्यवस्थापनसहितको तयारी भइरहेको कमिटीले जनाएको छ भने दशमीका दिन निकालिने जुलुसमा विभिन्न प्रकारका झाँकीसहितको र्यालीको सहभागीता रहने कमिटीले जनाएको छ ।


तपाईको प्रतिक्रिया

Related Posts

निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा
प्रदेश २

परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा

March 1, 2026
Next Post
जनकपुरधाममा पर्व लक्षित सस्तो बजार संचालन, मुख्यमन्त्रीद्वारा उद्घाटन

जनकपुरधाममा पर्व लक्षित सस्तो बजार संचालन, मुख्यमन्त्रीद्वारा उद्घाटन

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य