जनकपुरधाम, मङ्सिर ८ गते । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य बिमलेन्द्र निधिले वर्तमान सरकार कुनै संकटमा नरहेको दावी गर्नुभएको छ ।
शुक्रबार जनकपुरधाम बिमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै कांग्रेस नेता निधिले दुई वर्षपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने निश्चित भएकाले वर्तमान सरकार कुनै संकटमा नरहेको दावी गर्नुभएको हो । उहाँले सभापति देउवाको समर्थले ओलि प्रधानमन्त्री हुनु भएको बताउनुहुँदै नेता निधिले दुई वर्षपछि देउवा नै प्रधानमन्त्री हुने निश्चित रहेको उल्लेख गर्नुभयो ।
यसैगरी गरी उहाँले बिआरआइ प्रोजेक्ट चीनको एकव्खालको नीति रहेको बताउनुभयो । यस प्रोजेक्ट सम्बन्धि कांग्रेसको धारण सुरुदेखी नै अनुदान लिने ऋण नलिने स्पस्ट रहेको बताउनुभयो । उहाँले भन्नुभयो,“ यसअघि एमसिसी बारे धेरै छलफल र बहस पश्चात् मात्र सम्झौतामा हस्ताक्षर भएको हो, त्यसकारण कुनै पनि चिनियाँ प्रोजेक्ट बिना छलफल र बिना बहस हस्ताक्षर गर्नु हुदैन ।“ चीनसँगअनुदान मात्र लिने ऋण नलिने कांग्रेसको धारणा सुरुदेखी नै रहदैँ आएकोले प्रम ओलिलाई पनि चीन भ्रमणका बखत कांग्रेसको आधिकारिक निदेशन समेत दिइएको उहाँ भनाइ छ ।
उहाँ यही मङ्सिर १० गते कांग्रेस सभापति देउवा जनकपुरधाम आउने कार्यक्रम रहेकोले त्यसै कार्यक्रमको तयारीका लागि जनकपुरधाम आउनुभएको बताउनुभएको छ ।
तपाईको प्रतिक्रिया