जनकपुरधाम, मङ्सिर १६ गते । साताव्यापी रुपमा मनाइने विवाह पञ्चमीको पहिलो दिन नगर दर्शन गरी मनाइयो ।
सातव्याी रुपमा मनाइने विवाह पञ्चमीको पहिलो दिन नगरदर्शन विधिमा राम लक्ष्मणको प्रतीकको रूपमा रहेका दुई बालकलाई जानकी मन्दिर प्रांगणमा नगर स्वरुप सजावट बनाई नगर दर्शन गराइएको हो ।
रामसीताको ऐतिहासिक विवाहलाई स्मरण गर्दै साताव्यापी मनाइने विवाह पञ्चमी विधिवत् सुरु भएको पहिलो दिन प्रत्येक वर्ष प्रतिकात्मक विवाहको राम लक्ष्मणलाई नगरको दर्शन गराइन्छ ।
विवाह पञ्चमी महोत्सव मिथिला क्षेत्रको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो, जसमा प्रमुख रूपमा सीता र रामको विवाहको उत्सव मनाइन्छ । नगर दर्शनको क्रममा जानकी मन्दिर प्रांगण पर्यटक र श्रद्धालुहरूको घुँइचो लागेको थियो ।
नगर वा क्षेत्रको ऐतिहासिक, सांस्कृतिक र धार्मिक स्थलहरूको भ्रमण हो । यसका माध्यमबाट ती स्थानका विशेषता, ऐतिहासिक महत्व बुझ्न र सांस्कृतिक धरोहरलाई अनुभव गर्न सकिन्छ ।
तपाईको प्रतिक्रिया