TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

किशोरीहरूको जीवन सुरक्षा: पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान मधेशमा


किशोरीहरूको जीवन सुरक्षा: पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान मधेशमा
ADVERTISEMENT

जनकपुरधाम माघ २२ गते । नेपालमा किशोरीहरूको स्वास्थ्य सुरक्षामा नयाँ कदमको रूपमा एचपीभी खोप अभियान सुरु भएको छ। यो अभियानले विशेष गरी मधेश प्रदेशका बालिकाहरूलाई पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने लक्ष्य राखेको छ ।
जनकपुरधाममा आयोजित औपचारिक कार्यक्रममा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंहले स्वास्थ्य मात्र नभई भविष्यको सुरक्षा पनि यो अभियानले सुनिश्चित गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यो खोपले हाम्रो छोरीहरूको जीवन जोगाउनेछ, त्यसैले सबैले यसलाई समर्थन गर्नुपर्छ ।”
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर डा. रामनरेश पण्डितले खोपलाई “महिलाहरूका लागि वरदान“ भन्दै यसले महिलाको जीवन प्रत्याशा वृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमका अधयक्ष धनुषा स्वास्थ्य कार्यालय प्रमुख उमेश यादवले ग्रामीण क्षेत्रमा समेत खोप सहज पहुँचमा पु¥याउन रणनीति बनाइएको जानकारी दिनुभयो ।
नेपालमा हरेक दिन औसत चार महिला पाठेघरको मुखको क्यान्सरले ज्यान गुमाइरहेको तथ्यले यस अभियानको महत्व झनै बढाएको छ । सरकारले कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षका १६ लाखभन्दा बढी किशोरीलाई लक्षित गर्दै खोप वितरण गरिरहेको छ ।
मातृस्वास्थ्य र महिला सशक्तिकरणको प्रतीक बनेको यो अभियान फागुन ६ गतेसम्म सञ्चालन हुनेछ । अभियानले किशोरीहरू मात्र नभई सम्पूर्ण परिवार र समाजलाई दीर्घकालीन लाभ पु¥याउने अपेक्षा गरिएको छ ।


तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
जनकपुर साहित्य महोत्सव: विचार, संस्कृति र सहजीकरणको साझा मञ्च

जनकपुर साहित्य महोत्सव: विचार, संस्कृति र सहजीकरणको साझा मञ्च

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य