TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

रामायण सर्किटः नेपाल–भारत धार्मिक पर्यटन सहकार्यको नयाँ आयाम


रामायण सर्किटः नेपाल–भारत धार्मिक पर्यटन सहकार्यको नयाँ आयाम
ADVERTISEMENT

जनकपुरधाम, माघ २२ । नेपाल–भारतबीचको सांस्कृतिक र धार्मिक सम्बन्धले नयाँ उचाइ लिन थालेको छ, जसको प्रमाण हो जनकपुरधाममा सम्पन्न पर्यटन सम्मेलन ।
नेपाल–भारतको धार्मिक पर्यटक प्रवाहलाई व्यवस्थित गर्दै दुवै देशको आर्थिक तथा सांस्कृतिक सम्बृद्धि सुनिश्चित गर्ने विषयमा सम्मेलनले गहिरो बहस प्रस्तुत गरिएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सम्मेलनलाई सम्बोधन गर्दै भन्नुभयो, “रामायण सर्किट नेपाल–भारतको साझा सांस्कृतिक धरोहर हो । यसलाई काठमाडौँ, लुम्बिनी र पोखरासँग जोड्न सके, हाम्रो धार्मिक पर्यटनले अन्तर्राष्ट्रिय स्तरमा नयाँ परिचय पाउनेछ ।” उहाँले दुग्धमति नदीको संरक्षण र धार्मिक पूर्वाधार विकासमार्फत प्रदेश सरकारले रामायण सर्किटलाई उजागर गर्ने योजना अघि सारेको जानकारी दिनुभयो ।
मुख्यमन्त्री सिंहले धार्मिक पर्यटनको सम्भावनाबारे जोड दिँदै भन्नुभयो, “जानकी मन्दिरको दर्शनका लागि आउने भारतीय पर्यटकहरूलाई नेपालको अन्य धार्मिक गन्तव्यहरूसँग जोड्न सके पर्यटन क्षेत्रले प्रत्यक्ष आर्थिक लाभ पाउँछ ।”
नेपालका धार्मिक पर्यटकहरू प्रयागराज, अयोध्या, बाबाधाम र बनारस जाँदा भारतको पर्यटन क्षेत्रमा ठूलो आर्थिक प्रवाह हुने उल्लेख गर्दै, उहाँले नेपालमै यस्ता गन्तव्यहरू विकास गर्न आवश्यक रहेको धारणा राख्नुभयो ।
यस्तै भारतीय महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्य दूत देवी सहाय मिनाले धार्मिक पर्यटकहरूको सहजताका लागि दुवै देशले सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले भन्नुभयो, “जनकपुरधाम, पशुपति, लुम्बिनी, पोखरामा भारतीय पर्यटकहरूको ठूलो चासो छ भने नेपाली पर्यटकहरू भारतका धार्मिक स्थलहरूमा आकर्षित छन् । दुवै देशले सहकार्यलाई मजबुत बनाउनुपर्छ ।”
मधेश प्रदेश नीति तथा योजना आयोगका निवर्तमान उपाध्यक्ष डा. हरिबंश झा र डा. भोगेन्द्र झा तथा वर्तमान उपाध्यक्ष डा. सोहनकुमार साहले रामायण सर्किटको विकासका लागि दुवै देशले साझा रणनीति अपनाउनुपर्नेमा जोड दिएका थिए । “भारतको बिहार र उत्तर प्रदेशसँग मधेश प्रदेशलाई पर्यटनका माध्यमबाट जोड्न सक्ने हो भने यस क्षेत्रको आर्थिक विकास तीव्र हुन्छ,” उहाँहरूको भनाइ थियो ।
नेपाल–भारत उद्योग वाणिज्य राज्य विकास परिषद्का सचिव अतुल कुमार ठाकुर ले सम्मेलनको उद्देश्य पर्यटन प्रवद्र्धनका लागि नीति निर्माणमा जोड दिनु रहेको बताउनुभएको थियो । जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले भन्नुभयो, “रामायण सर्किटको प्रभावकारी विकासका लागि पूर्वाधार निर्माण र थप लगानी अपरिहार्य छ ।”
कार्यक्रममा निर्मल चौधरी, बजरंग प्रसाद साह, अभिषेक चौधरी, रमेश रञ्जन झा, सुनिल मल्लिक, तथा शितल साह जस्ता क्षेत्रीय अगुवाहरूले रामायण सर्किटको सम्भावना र चुनौतीबारे आफ्ना धारणा राख्नुभएको थियो ।


 

तपाईको प्रतिक्रिया

Related Posts

वैदेशिक रोजगारीमा मधेश अगाडि, तर रेमिट्यान्समा अपेक्षित लाभ नदेखिएको चिन्ता
Headline

वैदेशिक रोजगारीमा मधेश अगाडि, तर रेमिट्यान्समा अपेक्षित लाभ नदेखिएको चिन्ता

December 18, 2025
विविध

अतिक्रमणकाे चपेटामा परेका र लुप्त भइसकेका ताल तथा पाेखरीकाे नक्साङ्कन

December 18, 2025
जलवायु संकटमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण
Headline

जलवायु संकटमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण

October 29, 2025
मधेश प्रदेशमा नयाँ सरकार गठनको दाबी, कांग्रेसका नेता यादव मुख्यमन्त्रीका दाबेदार
Headline

मधेश प्रदेशमा नयाँ सरकार गठनको दाबी, कांग्रेसका नेता यादव मुख्यमन्त्रीका दाबेदार

October 8, 2025
मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट
Headline

मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट

October 8, 2025
तेलिया पोखरी विवादपछि जनकपुरधाम–२० का वडाध्यक्षलाई पदमुक्त गर्न माग
Headline

तेलिया पोखरी विवादपछि जनकपुरधाम–२० का वडाध्यक्षलाई पदमुक्त गर्न माग

October 8, 2025
Next Post
महासेठ सेवा समितिद्वारा निःशुल्क स्वास्थ्य सिविर सम्पन्न

महासेठ सेवा समितिद्वारा निःशुल्क स्वास्थ्य सिविर सम्पन्न

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य