जनकपुरधाम उमहानगरपालिका वडा नं. २१ कुर्थामा एक दिने निःशुल्क स्वास्थ्य सिविर सम्पन्न भएको छ ।
कुर्था स्थित महासेठ सेवा समितिको आयोजना र जानकी मेडिकल कलेज रमदैयाको प्रावधिक सहयोगमा शुक्रबार निःशुल्क स्वास्थ्य सिविर सम्पन्न भएको छ । निःशुल्क स्वास्थ्य सिविरमा कुर्थाका ३८२ जनाले चेक जाँच गराउनुका साथै, निःशुल्क औषधीसमेत प्राप्त गरे ।
समितिका अध्यक्ष नरेश महासेठले समाजिक कार्यकालागि आफू र समिति सदैव ततपर रहेको जनाउँदै कुर्थावासीका लागि निःशुल्क स्वास्थ्य सिविरको आयोजना गरेको जानकारी दिए । उनले पहिलो चोटी कुर्थामा यस किसिमको भव्य रुपमा निःशुल्क स्वास्थ्य सिविर आयोजना भएकोले गाउँवासी समेत खुसी भएको बताए ।
स्वास्थ्य सिविरमा नाक, कान, घाँटी, आँखासहित गाइनो, अर्थोपेडिक्सलगायतका सम्पूर्ण चेकजाँच गरिनुका साथै, दबाई, चस्मा, इसीजी चेकजाँच, एक्सरे लगायतका सुविधा निःशुल्क प्रदान गरेको महासेठ सेवा समितिका उपाध्यक्ष निलम महासेठले जानकारी दिइन ।
निःशुल्य स्वास्थ्य सिविरमा चेकजाँच गराउन आएका स्थानीयले निःशुल्क चेकजाँचका साथै निःशुल्क औषधी पाएकोमा खुसी व्यक्त गर्नुका साथै समितिलाई धन्यवाद व्यक्त गरेका थिए ।









तपाईको प्रतिक्रिया