TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

नेपाल मधेशी निजामती कर्मचारी मञ्चको नवनिर्वाचित अध्यक्षद्वारा ११ बुँदे घोषणापत्र सार्वजनिक


नेपाल मधेशी निजामती कर्मचारी मञ्चको नवनिर्वाचित अध्यक्षद्वारा ११ बुँदे घोषणापत्र सार्वजनिक
ADVERTISEMENT

जनकपुरधाम, चैत १० गते ।
नेपाल मधेशी निजामती कर्मचारी मञ्चको चौथो महाधिवेशनबाट निर्विरोध निर्वाचित केन्द्रीय अध्यक्ष लालबाबु यादवले शनिबार साँझ जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमार्फत ११ बुँदे घोषणापत्र सार्वजनिक गर्नुभएको छ ।
जनकपुरधाम घोषणापत्रमा संघ, प्रदेश तथा स्थानीय तहमा कार्यरत निजामती कर्मचारीहरूको सरुवा, बढुवा तथा निजामती सेवा ऐनअनुसारका प्रक्रिया कार्यान्वयन गराउन दबावमूलक भूमिका खेल्ने उल्लेख गरिएको छ। साथै, निजामती कर्मचारीमाथि भइरहेको विभेद अन्त्य गर्दै स्वच्छ, निष्पक्ष र सहज प्रशासनिक सेवा प्रवाहको सुनिश्चितताका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
यस्तै, संघीय हस्तक्षेप रोक्न तथा नेपालको संविधानअनुसारका अधिकारको सुनिश्चितताका लागि मञ्चले सक्रिय भूमिका निर्वाह गर्ने बताइएको छ। प्रदेश र स्थानीय तहका कर्मचारीहरूबीच सम्बन्ध सुमधुर बनाउन तथा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरू मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मात्र खटिनुपर्ने व्यवस्थाको माग गर्ने विषय पनि घोषणापत्रमा उल्लेख गरिएको छ ।
महाधिवेशन यही चैत ७–९ गते जनकपुरधाममा सम्पन्न भएको थियो। महाधिवेशनबाट अध्यक्ष यादवसहित ३९ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध निर्वाचित भएको छ। नवनिर्वाचित कार्यसमितिमा १० उपाध्यक्ष, एक महासचिव, नौ सचिव, एक कोषाध्यक्ष र १७ सदस्य रहेका छन् ।
नवनिर्वाचित पदाधिकारीमा उपाध्यक्षहरूः ताहिर हुसैन, जवाहरलाल प्रसाद कुर्मी, रामआधार यादव, राकेश रंजन दास, सुजिता कुमारी राउत, सुनिलकुमार पाण्डे, दीपेन्द्रकुमार यादव, रुमाकुमारी झा, कामेश्वर राउत, सत्यनारायण यादव रहेका छन् भने महासचिवः अनिलकुमार साह, सचिवहरूः रामअशिष शर्मा, सत्यनारायण झा, बद्री मण्डल, बैजनाथ सिंह, मनिर अन्सारी, शिवनारायण मण्डल, जितेन्द्र यादव, राधेश्याम चौधरी, सन्ध्या दास र कोषाध्यक्षमा पुष्पाकुमारी मिश्र रहनुभएको छ ।
यस्तै सदस्यहरूः दीपककुमार ठाकुर, सन्दीप पटेल, अम्जद अली अन्सारी, अजयकुमार झा, शशि यादव, राम सुलित महतो, हिराबन यादव, बैधनाथ मण्डल, रविन्द्र राय यादव, अरविन्द झा, मोहनकुमार सिंह, परमानन्द मण्डल, सुनिलकुमार साह, चन्दनकुमार रजक, रिमा दुवे, मनोजकुमार मण्डल, सानी दास
महाधिवेशनमा देशभरका ३३ जिल्लाका मधेशी निजामती कर्मचारीहरूको सहभागिता रहेको थियो । नेपाल मधेशी निजामती कर्मचारी मञ्चको स्थापना वि.सं. २०६३ मा भएको थियो । यसअघि पहिलो महाधिवेशन २०६५ मा लहान, दोस्रो महाधिवेशन २०६८ मा वीरगञ्ज, तेस्रो महाधिवेशन हेटौंडामा सम्पन्न भएको थियो ।


तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
जानकी नवमीलाई राष्ट्रिय पर्व घोषणा गर्न माग

जानकी नवमीलाई राष्ट्रिय पर्व घोषणा गर्न माग

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य