TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

शान्ति सुरक्षाको माग गर्दै सिडिओ कार्यालय धनुषामा ज्ञापनपत्र


शान्ति सुरक्षाको माग गर्दै सिडिओ कार्यालय धनुषामा ज्ञापनपत्र
ADVERTISEMENT

गाउँमा बढ्दो त्रास, ऋण असुलीमा भइरहेको बाधा तथा अदालतको आदेशको अवज्ञा लगायत विषयमा मिथिला विहारी नगरपालिका वडा नं १० ठेराका नागरिक समाजले जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापनपत्र बुझाएका छन् ।


ज्ञापनपत्रमार्फत नागरिकहरूले नेपाल सरकारले निर्माण गरेको अनुचित लेनदेनसम्बन्धी कानुनको दुरुपयोग गरी ऋण लिएर नतिर्ने र ऋण असुल गर्न खोज्दा धम्की दिने, गाउँमा आतंकीकरणको वातावरण सिर्जना गर्ने केही व्यक्तिहरूको नाम समेत उल्लेख गर्दै तीमाथि कानूनी अनुसन्धान र कारवाहीको माग गरेका छन् ।

उनीहरूले अदालतबाट फैसला भइसकेका तथा ऋण भुक्तानी नदिई अचल सम्पत्ति अन्यत्र हक हस्तान्तरण गर्ने, बैंकमा समेत रोक्का राख्ने जस्ता गतिविधिबाट आफूहरू पीडित भएको उल्लेख गरेका छन् । अदालतको आदेशलाई बेवास्ता गर्दै ऋणी पक्षले धम्कीपूर्ण र अवाञ्छनीय गतिविधि गरिरहेको तथा प्रहरी प्रशासनसमेत निष्क्रिय देखिएको आरोप लगाइएको छ ।

ज्ञापनपत्रमा उल्लेख गरिएको छ कि— रिना देवी मण्डल खत्वे, कोशिला देवी पुर्वे, सोमिन्त्रा देवी पुर्वे, निर्मला देवी पुर्वे, सिता देवी मण्डल धानुक, गुरु शरण पुर्वे, गुलो देवी ठाकुर बरही, द्रोपती देवी दास कथवनिया, दुर्गा देवी मण्डल, सोभित साह, रामबाबु दास कथवानी, रघुविर मण्डल खत्वे, रामबहादुर मण्डल खत्वे लगायतले तथाकथित गलत समितिहरू गठन गरी गाउँमा त्रास फैलाउने र अदालतको प्रक्रिया रोक्न दबाब दिने कार्य गरिरहेका छन् ।

प्रहरीले अदालतबाट पठाइएको पकाउ पुर्जी समेत कार्यान्वयन नगरेको भन्दै उनीहरूले प्रहरी प्रशासनको भूमिकाप्रति पनि गम्भीर आपत्ति जनाएका छन् । साथै, उच्च अदालत जनकपुरबाट दिइएको अन्तरिम आदेशको समेत उल्लंघन गर्दै प्रहरी अधिकारीहरूले फोनमार्फत दवाव दिइरहेको आरोपसमेत लगाइएको छ ।

ठेराबजारबाट आएका सयौ संख्यामा आएका नागरिक समाजको जुलुसले नगर प्रर्दशन गर्दै जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझाउदै नागरिकसमाजबाट मोहन साहले भने, ‘हामी हाम्रो गाउँमा शान्तिपूर्वक बस्न चाहन्छौं । यी व्यक्तिहरूको गलत गतिविधिमा तत्काल अनुसन्धान गरी कानुन बमोजिम कारवाही होस् । अप्रिय घटना नघट्ने वातावरण सुनिश्चित गरियोस् ।’

ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय धनुषामार्फत प्रधानमन्त्री कार्यालय तथा गृह मन्त्रालयमा समेत जानकारीका लागि पठाइएको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
ई–रिक्सा र टेम्पो व्यवस्थापन माग गर्दै बस व्यवसायी

ई–रिक्सा र टेम्पो व्यवस्थापन माग गर्दै बस व्यवसायी

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य